इलामकाे फाकफाेकथुम गाउँपालिका-४ फुएतप्पामा बाँदरकाे आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । अन्दाजी ३ बजेकाे समयमा घरछेउकाे गोठमा गाईबस्तुलाई घाँस र खाेले दिनेक्रममा बाँदर हुलले आक्रमण गर्दा ६० बर्षिय सितादेवी सापकाेटा घाइते भएकी हुन् ।
बाँदरको हूललाई धपाउने क्रममा चारवटा बाँदरले आक्रमण गरि सक्त घाइते बनाएकाे छोरा अर्जुन सापकोटाले जानकारी दिए । बाँदरको आक्रमणबाट घाइते भएकी उनकाे शरिरमा लगाएको लुगा कपडा च्यातिदिएको र लछार पछार गरि लडाएको अवस्थामा दाइने हात भाचिएको छ ।
उनकाे देउमाई नगरपालिका मंगलबारे लोकसम आयुर्वेदिक उपचार केन्द्र मंगलबारेमा उपचार गरि घर ल्याइएको छ । बाँदरको आक्रमणबाट बारे गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल र वडाध्यक्ष पदम दर्लामीलाई जानकारी गराइएकाे छ ।
बाँदर आक्रमणको बारे फोनमार्फत जानकारी लिने सन्दर्भमा अध्यक्ष खनाललाई फोन गर्दा यस घटना बारे जानकारी हिजो मात्र थाहा पाएकाे र बाँदर आतङ्कबारे चाडै बुद्धिजीवी, जनप्रतिनिधिहरू र प्रहरी प्रशासनसित बैठक बसेर निर्णय लिइने उनले बताए ।
बाँदर आतङ्कले गर्दा गाउँबाट बिस्थापित हुनुपर्ने, बसाई सर्नुपर्ने गाउँका युवाहरू बिदेशिनु पर्ने घर छोड्न पर्ने बाध्यता रहेको छ । गाउँमा रहेको खेतीयोग्य जमीनमा लगाएको अन्नबाली,सागसब्जी बाँदरले खान नदिने,साथै बादरको आतङ्कले गर्दा खेतीयोग्य जमिन बाझो राख्नु पर्ने मुख्य समस्या रहेको छ।