Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्रथम सन्दकपुर महोत्सव : जमुनाको ढापपोखरीमा सास्कृतिक उत्सव

प्रथम सन्दकपुर महोत्सव : जमुनाको ढापपोखरीमा सास्कृतिक उत्सव

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख ३ २०८०


प्रथम सन्दकपुर महोत्सव : जमुनाको ढापपोखरीमा सास्कृतिक उत्सव

सन्दकपुर (जमुना) । प्रथम सन्दकपुर महोत्सवमा अवसरमा इलामको सन्दकपूर ५ स्थित ढापपोखरीमा सास्कृतिक उत्सव आयोजना भएको छ । सन्दकपुर ५ का वडाध्यक्ष यज्ञ बहादूर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग रहेका थिए ।


सास्कृतिक उत्सवको अवसरमा लिम्बू जातिको केलाङ नाच स्थानिय कलाकारहरुबाट प्रस्तुत गरिएको थियो । उत्सवमा गुरुङ्ग जातिको सास्कृतिक नृत्य पनि प्रस्तुत गरिएको महोत्सव उप–समिति संयोजक इन्द्र गुरुङ्ग बताए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलराम गुरुङले प्रथम सन्दकपुर महोत्सवबाट पर्यटकीयस्थलको प्रवद्र्धन हुने र हरेक आर्थिक वर्षमा नियमित रुपमा महोत्सवको आयोजना गरिने बताए । उनले भने–‘सन्दकपुर पर्यटकिय पालिका भएकाले हामी नियमित रुपमा प्रचारप्रसारको काम गर्ने योजना छ ।’


सास्कृतिक उत्सवमा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष हरि लुङगेलिले कृषि उपज उत्पादन स्थानीय बजारमा खपतका लागि बढीभन्दा बढी पर्यटक भित्र्याउने वातावरणका लागि महोत्सवको आयोजना गरिएको बताए । पर्यटक भित्रिएमा कृषि उपज र हाम्रो उत्पादन उपभोग हुने भएकाले किसान र पर्यटन व्यवसायीलाई स्थानीय परिकारहरुलाई व्यवसायीकरण गर्न सहयोग गरिने उनले बताए ।


सास्कृतिक उत्सवमा कार्यपालिका सदस्य सुनिता धमला, मुल आयोजक समितिका उपाध्यक्ष खेम लुम्रे मगर, नेकपा एमाले डिक कुमार गुरुङ, नेकपा एसका सचिन सावाले पर्यटन प्रवद्र्धनका लागि सबै जमसमुदाय एक भएर लाग्नुपर्ने बताएका थिए । सास्कृतिक उत्सवको कार्यक्रम संचालन वडा सदस्य कुमार गुरुङ्गले गरेका थिए । सास्कृतिक उत्सवमा आन्तरिक र भारतको दार्जिलिङ्गबाट पर्यटकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार