इलाम । सहकारीको ऋण जोखिम ब्यवस्थापन र कानुनी प्रकृया सम्बन्धि २ दिने तालिम इलाममा सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ इलामको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा इलामका ३५ वटा सहकारी संस्थाका प्रतिनिधिहरुलाई तालिम प्रदान गरिएको थियो । बचत तथा ऋण सहकारी संघ प्रदेश १÷कोशी प्रदेशका अध्यक्ष तथा नेफ्स्कुनका सञ्चालक घनश्याम अधिकारी र नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको समेत सहभागीता रहेको तालिममा नेफ्स्कुनका प्रतिनिधि रामकृष्ण भट्टराईले सहजिकरण गरेका थिए ।
जिल्ला बचत संघका सचिव कृष्ण बस्नेत, राष्ट्रिय सहकारी बैंक इलामका प्रमुख मनोज लामिछाने, समृद्ध पहाहका प्रमुख प्रज्वल भट्टराई, जिल्ला सहकारी संघका अध्यक्ष लिलाप्रसाद थापा, सहकारी अभियन्ता सुदिप श्रेष्ठ लगायतले कार्यक्रममा सहकारी हालको परिस्थितिमा सहकारीले अपनाउनुपर्ने विषयमा आफ्नो मन्तब्य राखेका थिए । सहभागीका तर्फबाट भगवती कोइराला र इनपा २ का पुर्व वडाध्यक्ष नारद लम्सालले मन्तब्य राखेका थिए । बचत तथा ऋण सहकारी जिल्ला संघ इलामका अध्यक्ष मन नेउपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।