इलाम । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलामको अध्यक्ष इन्द्र फुयल चयन भएका छन् । संघ उपसभापतिमा हेम कुमार कार्की बिष्णु, सचिवमा प्रकाश भट्टराई, सह–सचिवमा बेद प्रसाद घिमिरे, कोषाध्यक्षमा ज्ञानु लामा र सह–कोषाध्यक्षमा राजु राई चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा डिकेन्द्र ईदिड्गो, हरिनाथ फुएल, पुष्पा देवी खनाल रिजाल, नुनुमा राई बिरेन्द्र कार्की, ठोमनाथ तिम्सिना, टीकाराम पुरी, सुवास घिमिरे र कृष्ण बहादुर बस्नेत चयन भएका छन् ।