इलाम : इलामको देउमाइ नगरपालिका–५ बाट निर्वाचित भएका वडा सदस्य कैलाश श्रेष्ठ रोजगारी सिलसिलामा दक्षिण कोरिया पलायन भएका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका श्रेष्ठ पद छाडेर कोरिया गएका हुन् । २०२२, को ईपीएस भाषा परिक्षा उर्तिण गरेर श्रेष्ठ कोरिया गएपछि पद रिक्त रहेको छ ।
नेपालको संविधानले वडा सदस्यको पद रिक्त भएका उपनिर्वाचनको व्यवस्था गरेको छैन् । संविधानमा उपनिर्वाचनको व्यवस्था नभएकाले आगामी ४ बर्ष देउमाई–५ मा ४ जना जनप्रतिनिधिले कार्य गर्नेछन् ।