
इलाम । इलामको माई नगरपालिकामा चितुवा आतंक बढेको छ । वडा नं ९ मालबासेमा मंगलबार राती चितुवाले स्थानीय चन्द्र श्रेष्ठको गोठमा पसेर खसी र माउ बाख्रा मारेको हो । स्थानीय अनिल तामाङका अनुसार श्रेष्ठको गोठबाट करिब २० केजीको दुइ वटा खसी र एउटा माउ बाख्रा मारेको थियो ।
चितुवाले खसी र बाख्रा मारेर नजिकैको जंगलमा रुखमा झुन्डयाएर खाएको भेटिएको छ ।