काठमाडौं । राष्ट्रिय जनगणना ०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार ९जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते० नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ ९४८।९८ प्रतिशत० र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ ९५१।०२ प्रतिशत० छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५।५९ जना रहेको छ । गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४ १६ थियो । राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत् २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कूल जनसंख्यामध्ये अन्य लिङ्गी ९लैङ्गिक तथा यौनिक अल्पसंख्यक० को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कूल जनसंख्याको ०।०१ प्रतिशत हो ।
जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०।९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १।३५ प्रतिशत प्रतिवर्ष थियो । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर ९३।३५ प्रतिशत० र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप ९९१।६७ प्रतिशत० रहेका छन् ।
परिवारको आकार रौतहटमा सबैभन्दा बढी, गोरखा र दोलखामा सबैभन्दा कम
जनगणनाको नतिजाअनुसार जनघनत्व ९प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या० १९८ जनाप्रतिवर्ग किलोमिटर रहेको छ, जुन २०६८ सालमा १८० वर्ग कि।मि। मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा ९५१६९ जना प्रतिवर्ग किलोमिटर० र सबै भन्दा कम मनाङ जिल्लामा ९३ जना प्रतिवर्ग किलोमिटर० रहेको छ ।
जनगणना २०७८ अनुसार देशमा बसोवास गर्ने कूल परिवार ६६ लाख ६६ हजार ९३७ छन । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६,०९६ रहेका छन् । प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४।३७ जना रहेको छ, जुन २०६८ सालमा ४।८८ जना रहेको थियो ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रमा ४।३३ जना, पहाडमा ३।९९ जना र तराई क्षेत्रमा ४।७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी ९५।९४० र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम ९३।४९० रहेको छ । २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ रहेको थियो । २०७८ को जनगणना अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६६।१७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३३।८३ प्रतिशत रहेको छ । २०६८ अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६३।१९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३६।८१ प्रतिशत रहेको थियो ।
भौगोलिक क्षेत्रअनुसार तराईमा कूल जनसंख्याको ५३।६१ प्रतिशत ९१ करोड ५६ लाख ३४ हजार ६ जना०, पहाडमा ४०।३१ प्रतिशत ९१ करोड १७ लाख ५७ हजार ६२४ जना० र हिमाली क्षेत्रमा ६।०८ प्रतिशत ९१७ लाख ७२ हजार ९४८ जना० जनसंख्या रहेको छ । प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०।९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५।७९ प्रतिशत रहेको छ । जिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं ९२० लाख ४१ हजार ५८७ जना० र सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ ९५ हजार ६५८ जना० हो ।