Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिकामा घरैबाट मालपोत र भुमीकर तिर्न सकिने

माईजोगमाई गाउँपालिकामा घरैबाट मालपोत र भुमीकर तिर्न सकिने

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र ८ २०७९


माईजोगमाई गाउँपालिकामा घरैबाट मालपोत र भुमीकर तिर्न सकिने

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाले कंर संकलन प्रणालि डिजिटल बनाएको छ । पालिकाले इ–पेमेन्ट लागू गर्दै माइजोगमाइ गाउँपालिका प्रविधि मैत्री गाउँपालिका बन्दै गएको हो । अब घरमा नै बसि बसि अनलाइनबाट कर भुक्तानी खल्ती, इसेवा, कनेक्ट आइपिएस, प्रभु पे र आइएम इ मार्फत गर्न सकिने गाउँपालिका अध्यक्ष कुस बहादूर थेबेले बताए ।

प्रविधिबाट कर भुत्तानी प्रक्रिया शुरु भएपछि माईजोगमाई गाउँपालिका ईलाममा ई–पेमेन्ट ई–हाजिरी तथा ई–सिफारिस सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिकाको आयोजनामा आज गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा माईजोगमाई गाउँपालिकाको सबै शाखा र वडाका कर्मचारीलाई अनलाईनको तालिम दिईएको थियो ।


गाउँपालिकाबासीले घरैमा बसेर अनलाईन मार्फत राजश्ज भुक्तानी गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए । गाउँपालिका बासीले पहिलो पटक वडामा गएर आफ्नो मालपोत र भुमीकरको संकेत नम्बर बनाएर अर्को पटकबाट वडामा जानुपर्ने बाध्यता हटेको र आफुलाई चाहिएको समयमा मालपोत तथा भुमीकरको रसिद लिन सक्नेछन् ।
माइजोगमाइ गाउँपालिका वडा नम्बर १ निवासी चन्द्रकला राईको इसेवा मार्फत कर भुक्तानी गरि इपेमेन्टको उद्घाटन गाउँपालिका अध्यक्ष कुश बहादुर थेबे र प्रमुख प्रशासकीय अधिकृत काजीमान राइद्वारा भएको थियो । प्रविधि मैत्री गाउँपालिका तर्फ अग्रसर माईजोगमाई गाउँपालिकामा धेरै काम अहिले प्रविधिबाटै हुने थालेको सुचना अधिकृत अशोक लिम्बुले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार