Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

एमाले निकट विद्यार्थीद्धारा आफ्ना नेता कुटिएको बिरोधमा नेकपा एस निकट विद्यार्थी संगठनको भत्सर्ना

एमाले निकट विद्यार्थीद्धारा आफ्ना नेता कुटिएको बिरोधमा नेकपा एस निकट विद्यार्थी संगठनको भत्सर्ना

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र ७ २०७९


एमाले निकट विद्यार्थीद्धारा आफ्ना नेता कुटिएको बिरोधमा नेकपा एस निकट विद्यार्थी संगठनको भत्सर्ना

इलाम । आफ्ना विद्यार्थी नेता नेकपा एमाले निकट विद्यार्थी संगठनका सदस्यबाट कुटिएको भन्दै नेकपा एस निकट विद्यार्थी संगठनले अनेरास्ववियू घोर भत्सर्ना गरेको छ । नेकपा एकिकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू जिल्ला कमिटी, इलाम अध्यक्ष  डिकेन्द्र दाहाल र कमरेड चेतन अधिकारी महेन्द्र रत्न बहुमुखि क्याम्पसको स्ववियु निर्वाचन पश्चात एमाले निकट विद्यार्थी संगठनका सदस्यले आक्रमण गरिएको भन्दै सो विद्यार्थी संगठनले घोर भत्सर्ना गरेको हो ।

एमाले निकट विद्यार्थी संगठनका सदस्य र नेताहरुले गुण्डाहरुको परिचालन गरि विद्यार्थी नेतामाथि  सामुहिक आक्रमण गरेको संगठनकि उपाध्यक्ष प्रिया राईद्धारा जारि गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उल्लेख छ सौहार्दपूर्ण रुपमा स्ववियू निर्वाचन सम्पन्न भएपछि नियोजित रुपमा विद्यार्थी नेताहरुमाथि गरिएको सांघाति आक्रमणको हाम्रो संगठन अनेरास्ववियू घोर भत्सर्ना गर्दछौँ । साथै संगठनले विद्यार्थी नेतालाई कुटपिट गर्नेलाई कारबाहीलाई स्थानीय प्रशासनलाई जोडदार माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार