इलाम । महेन्द्र रत्न बहुमुखि क्याम्पसको स्ववियू निर्वाचनमा अनेरास्ववियू र अखिल क्रान्तिकारीको प्यानलै बिजयी भएको छ । १२ सय ८ मत खसेको मध्ये अनेरास्ववियूका दर्शन राईले ५९७ प्राप्त गरि बिजयी भएका हुन् । नेपाल विद्यार्थी संघको प्यानलबाट उठेका सभापतिका उमेद्धवार याकु राईले ४८५ मत प्राप्त गरेका छन् । यसैगरि अखिल क्रान्तिकारीका राजेन्द्र विक (लोहार) ६६१ मत सहित बिजयी भएका छन् । यसैगरि कोषाध्यक्षमा सोहि प्यानलका बिशाल कार्की ६ सय ७३ मत सहित बिजयी भएका छन् ।
यस्तै सदस्यमा अनेरास्ववियू प्यानलका गोपिराज लिम्बु, ज्ञानेन्द्र चापागाई, बबिता खनाल, शम्भु राई, पुस्कर बोहोरा, मनिसा दुलाल र उज्वल पौडेल बिजयी भएका छन् । समानुपातिक मतगणना यस अघिनै आइसकेको छ । महेन्द्र रत्न बहुमुखि क्याम्पसमा एमाले अनेरास्ववियु पहिलो नेविसंघ दोस्रो, अखिल क्रान्तिकारी तेस्रो, चौथोमा नेकपा एस निकट अनेरास्ववियूले तेस्रो मत पाएका छन् । १७ वर्षपछि भएको स्ववियू निर्वाचनको समानुपातिक तर्फको मतगणना अनुसार एमाले निकट अनेरास्ववियूले ३ सय ९८ मत प्राप्त गरेको छ ।
यस्तै दोस्रो मत नेपाल विद्यार्थी संघले पाएको छ । नेविसंघले ३ सइ ८७ मत प्राप्त गरेको छ । यस्तै तेस्रो मतमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले १ सइ ९५ मत प्राप्त गरि तेस्रो स्थान लिएको छ । चौथोमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूले १ सय १ मत प्राप्त गरेको हो । ३७ मत प्राप्त गरि राप्रपा निकट विद्यार्थी संगठन रहेको छ ।
यस्तै छैटौमा २८ मत प्राप्त गरि समाजवादी विद्यार्थी युनियन भएको छ । सातौँमा नेकपा विप्लव निकट विद्यार्थी संगठनले २६ मत पा्राप्त गरेको छ । महेन्द्र रत्न बहुमुखि क्याम्पसमा १ हजार २ सय ६ मत प्राप्त गरेको थियो ।