नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादूर थेवेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरिएका काममको समिक्षा गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरिएका कार्यप्रगति, बिषयगत शाखाहरुबाट भएको कामको प्रगति र आगामि दिनमा सम्पन्न गर्नुपर्ने कामका बारेमा समिक्षा समेत भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकिय अधिकृत काजिमान राई, वडाध्यक्षहरु, गाउँसभाका सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।