मंगलबारे । स्वतन्त्र विद्यार्थी युनियन मंगलबारे बहुमुखी क्याम्पस मा अनेरास्ववियु, अखिल क्रान्तिकारी राप्रपा निकट विद्यार्थी संगठनको प्यानल निर्वाचित भएको छ । निर्वाचतपछि भएको मतगणनामा अध्यक्षमा फुर्वा तामाङ, सचीवमा रुद्र प्रसाद पौडेल, कोषाध्यक्षमा विशाल तामाङ र सदस्यमा केशव निरौला र मनिशा तामाङ बिजयी भएका छन् । यसैगरि सदस्यमा बन्दना अधिकारी, नेत्रकुमार कार्की, सलिना श्रेष्ठ, प्रकाश चम्लागाई, प्रबिन बास्तोला निर्वाचित भएका छन् ।