Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

स्ववियुको नेतृत्व छान्न १७ वर्षपछि महेन्द्र रत्न बहुमुखि क्याम्पसमा मतदान (फोटो फिचर)

स्ववियुको नेतृत्व छान्न १७ वर्षपछि महेन्द्र रत्न बहुमुखि क्याम्पसमा मतदान (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • आइतबार, चैत्र ५ २०७९


स्ववियुको नेतृत्व छान्न १७ वर्षपछि महेन्द्र रत्न बहुमुखि क्याम्पसमा मतदान (फोटो फिचर)

इलाम। इलामको महेन्द्र रत्न बहुमुखि क्याम्समा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको नेतृत्वका लागि मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमध्ये उत्कृष्ट शैक्षिक इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो । मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ ।

निर्वाचनलाई लक्षित गरी क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

स्ववियु क्याम्पसमा अध्ययनरत विद्यार्थीको साझा संस्था हो । विद्यार्थीहरूको हक हितको लागि संरक्षण गर्न विभिन्न कार्यक्रम बनाइ कार्यान्वयन गर्ने जिम्मेवारी स्ववियुको हुन्छ । इलामको महेन्द्र रत्न बहुमखि क्याम्पसमा स्ववियु चुुनाव २०६२ को दोस्रो जनआन्दोलनपछि हुन सकेको थिए । १७ वर्षपछि भएको चुनावमा विद्यार्थीहरु मतदानका लागि बाक्लो उपस्थिति रहेको छ । महेन्द्र रत्न बहुमखि क्याम्पसमा तीन वटा प्यानलले आफ्नो उमेद्धवारी प्रस्तुत गरेका छन् ।


महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम पूर्वी पहाडी जिल्लाको एकमात्र आंगिक क्याम्पस हो । इलामको सदरमुकाममा अवस्थित यस क्याम्पस उत्कृष्ट शैक्षिक केन्द्र हो ।
वि.स. २०१७ असार २१ गते महेन्द्ररत्न महाविद्यालय स्थापना भई प्रवीणता प्रमाणपत्र तहको पठन–पाठन सुरुवात भएको थियो । महेन्द्ररत्न बहुमुखी क्याम्पस, आफ्नो सातौं दशकको यात्राको क्रममा अनेक आरोह अवरोहहरु पार गर्दै प्रदेश १ कै उच्च शैक्षिक थलोको रुपमा स्थापित भइसकेको छ ।


महेन्द्र रत्न बहुमुखि क्याम्पसमा पाँच वटा विषयमा स्नातकोत्तर तह, मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र वि.एस्सी वागवानी संकायमा स्नातक तहको पठनपाठन हुन्छ । हाल सवै संकाय र तहमा २ हजार ८ सय विद्यार्थी उच्च शिक्षा अध्ययन गरिरहेका छन् । स्ववियु चुनावमा विद्यार्थीसँगै आफ्नो पार्टी सम्बन्द्ध विद्यार्थीहरुलाई विजयी गराउने पार्टीका नेताहरुपनि क्याम्पस परिसरमा खटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार