Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सार्वजनीक शौचालय अभावबारे सूर्योदय नगर प्रमुख भन्छन्–‘संचालनको जिम्मा लिए निर्माण हुन्छ ’

सार्वजनीक शौचालय अभावबारे सूर्योदय नगर प्रमुख भन्छन्–‘संचालनको जिम्मा लिए निर्माण हुन्छ ’

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र ४ २०७९


सार्वजनीक शौचालय अभावबारे सूर्योदय नगर प्रमुख भन्छन्–‘संचालनको जिम्मा लिए निर्माण हुन्छ ’

सूर्योदय । सूर्योदय नगरपालिका कोशी प्रदेशको पर्यटकीय नगरपालिका हो । यो नगरपालिका अहिले आर्थिक क्षेत्रका हिसावले नेपाल नगरपालिका संघबाट पनि उत्कृष्ट घोषणा भएको छ । तर पर्यटकीय र उत्कष्ट नगर भएको सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजारमा सार्वजनीक शौचालय नहुँदा यात्रु र पर्यटकको सूर्योदय नगरपालिकाको यात्रा पिडाजनक छ ।
स्थानीय तह घोषणा भएपछि फिक्कल बजारबासी, होटल व्यवसायी र पर्यटन व्यवसायीले शार्वजनीक शौचालय निर्माणको माग गर्दै आएका थिए । सार्वजनीक शौचाल निर्माणको माग गरेपनि निर्माण नहुँदा यात्रु र पर्यटकको पिडा हटाउन नगरपालिकाले चासो दिएको छैन । एक साता अघि सम्पन्न सूर्योदय नगरपालिकको सार्वजनीक सुनवाईमा पनि सार्वजनीक शौचालय निर्माणको माग गरिएको थियो ।
सार्वजनीक शौचालय नहुँदा पर्यटकीय नगरिको सन्देश नराम्रो भएको भन्दै सूर्योदय नगरबासी पत्रकार सुजन तिमसिनाले माग गरेका थिए । तर नगर प्रमुख रणबहादूर राईले सार्वजनीक शौचालय बनाउन सजिलो छ, संचालन र व्यवस्थापनमा समस्या भएको बताए ।
हामीले कन्याममा २ वटा शौचालय निर्माण गरेका थियौँ तर एउटा बल्ल सुचारु हुँदैछ । फिक्कल बजार क्षेत्रमा सार्वजनीक शौचालय निर्माणका लागि टोल विकास समितिले अपनत्व र जिम्मेवारी नलिएको आरोप मेयरको थियो । मेयर राईले प्रश्न गरे – ‘सार्वजनीक शौचालय सफा गर्ने जिम्मेवारी कस्को, संचालनको दायित्व कस्को हुने ।’
जबकी सार्वजनीक शौचालय निर्माण गरि संचालन कसरी गर्ने भन्ने जिम्मा नगरपालिकाले कार्यविधि बनाएर गर्न सक्छ । तर मेयर राई उल्टै आफ्नो जिम्मेवारीबाट पन्छिएर प्रश्नकर्तालाई प्रश्न गरे । उनले भने–‘शौचालय निर्माणका लागि जग्गाको व्यवस्थापन टोल विकास संस्था गर्नुपर्छ ।’
नगरपालिकाप्रति टोल विकास संस्था उत्तरदायी हुन्छ । टोल विकास संस्था नगरपालिकको एक अंग हो । टोल विकास संस्थालाई नगर प्रमुखले सार्वजनीक शौचालय संचालन गर्नुपर्यो भनेमा टोल विकास संस्थाले असहयोग गर्दैन र गरेको छैन । नगर प्रमुख राईले भने–‘सार्वजनीक शौचालय निर्माणको माग वडा नम्बर १० र ९ का जनप्रतिनिधिहरु आएका थिए, कार्यपालिका बैठकले सार्वजनीक शौचालय निर्माणका लागि बजेट दिने भनेर निर्णय गरेका छौँ, तर पानीको व्यवस्था र शौचालय हेर्ने मान्छे पहिला चाहिन्छ ।’ नगरपालिकाले सिद्धिखोलामा शौचालय निर्माण गर्यो । तिनघरे बजारमा शौचालय निर्माण गर्यौ, तर संचालन राम्रो भएको छैन ।
उनले भने–‘शौचालय अति आवश्यक हो तर विकल्प के हो । फिक्कल बजारको पशुपतिनगर क्षेत्रमा शौचालय निर्माण गरेका छौँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार