Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङ गाउँपालिकामा आन्दोलनकारीले लगाएको ताला प्रहरीको रोहवरमा खुल्यो

माङसेबुङ गाउँपालिकामा आन्दोलनकारीले लगाएको ताला प्रहरीको रोहवरमा खुल्यो

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन ३० २०७९


माङसेबुङ गाउँपालिकामा आन्दोलनकारीले लगाएको ताला प्रहरीको रोहवरमा खुल्यो

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा आन्दोलनकारीले लगाएको ताला प्रहरीको रोहबरमा खुलाएको छ । शुक्रबार आन्दोलनकारीले लगाएको ताला इभाङ प्रहरी चौकीको रोहबरमा खुलाइएको गाउँपालिकाले जनाएको छ । ताला खुलाएसँगै कार्यालयको नियमित काम सुरु भएको छ ।

यसअघि आन्दोलनकारीले गरेको तालाबन्दीका कारण कार्यालयको काम प्रभावित बनेको थियो । यस्तै गाउँपालिका कार्यालयसँगै विभिन्न वडा कार्यालयमा लागेको ताला पनि सोमबार खुलाइएको छ । कोशी प्रदेश खारेजको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुन : नामाङंकन संयुक्त संघर्ष समितिले आन्दोलनलाई स्थानीय स्तरमा केन्द्रित गर्दै पालिका र वडामा तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार