Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा आगलागिबाट १ करोड ६२ बराबरको धनमाल नष्ट

इलाममा आगलागिबाट १ करोड ६२ बराबरको धनमाल नष्ट

  • सुजन तिमल्सिना
  • सोमबार, फाल्गुन २९ २०७९


इलाममा आगलागिबाट १ करोड ६२ बराबरको धनमाल नष्ट

इलाम । घडेर बढेसँगै इलाममा आगलागीका घटना बढ्न थालेका छन् । लामो समयदेखि पानी नपरेका कारण वनजंगलमा आगलागीका घटना बढेका हुन् । आगलागीका घटनाबाट लाखौँ रुपैयाँको जनधनको क्षति हुनुका साथै मानिसको ज्यान जाने र घाइते हुने क्रम पनि बढको छ । जिल्ला प्रहरी कार्यालय इलामको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा १५ वटा घटना घटेका छन् । १ सय बढी पशुहरुको क्षति पुगेको छ । आगलागिबाट १ करोड ६२ बराबरको धनमाल नष्ट भएको तथ्याङ्क छ ।


यसैगरी इलामको सुर्योदय नगरपालिका ५ रोङटोलको जङ्गलमा आगलागी भएको छ । आगलालागि पछिको पहिरोमा परि एक वृद्ध घाइते भएका छन् । आगलागीपछि सुख्खा पहिरो गएको र माथिबाट खसेको ढुङ्गाले लागेर एक वृद्ध घाइते भएको सुर्दशन लेप्चाले बताए । घाइते हुनेमा बम बहादूर लाप्चा रहेका छन् ।

घाइतेको देब्रे हातमा ढुङ्गाले लाग्दा गम्भिर चोट लागेको स्वास्थ्यकर्मी घटनास्थलमा नै बोलाएर प्रारम्भिक उपचार गरिएको सूर्योदय नगरपालिका ५ का अध्यक्ष उर्गेन तामाङले बताए । उनको थप उपचारका लागि झापाको अपस्पतालमा पठाइएको छ । जंगलमा आगेको आगो शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको प्रयासमा नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार