Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नमुना सामुदायिक वनको चुनाव : उमेरद्वार प्रतिबद्धता सहित घरदैलोमा

नमुना सामुदायिक वनको चुनाव : उमेरद्वार प्रतिबद्धता सहित घरदैलोमा

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन २० २०७९


नमुना सामुदायिक वनको चुनाव : उमेरद्वार प्रतिबद्धता सहित घरदैलोमा

माई । स्थानीय तह निर्वाचनको झझल्को दिने गरी उमेद्वारहरु प्रतिबद्धता सहित उपभोक्ताको घरआँगनमा गएका छन्। नमुना सामुदायिक वन समुह उपभोक्ता समुह माई–२ र ४ को फाल्गुन२० गते शनिबार हुने निर्वाचनमा मुख्य पदमा सहमति नभए पछी निर्बाचन हुन लागेको हो।

अध्यक्ष, सचिब र कोषाध्यक्ष पदमा शनिवार निर्बाचन हुने बताईएको छ। अध्यक्षका लागि घैला चिन्हबाट केशब दाहाल९कोबित०, घडी चिन्हबाट खड्ग भट्टराई, तराजु चिन्हबाट मिना राई र मान्छे चिन्हबाट राम राई प्रतिस्पर्धामा छन् ।
सचिबमा रेडियो चिन्हबाट जुनु राई र साईकल चिन्हबाट धन बहादुर कार्की चुनाबमा उत्रिएका छन्। त्यस्तै कोषाध्यक्षमा मादल चिन्हबाट अम्बिका चौहान र परेवा चिन्हबाट सुनिता परियार रहेका छन् ।

करिब ६ सय ५० उपभोक्ता रहेको सामुदायिक बनको निर्बाचनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गरिएको हो। स्थानीय तहको निर्वाचन झै सबै उमेद्वार आआफ्ना प्रतिबद्धता सहित उपभोक्ताका घरघरमा पुगि रहेका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार