Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पहिचानको पक्षमा भएपनि नामाकरणमा बाधक नबन्ने विकल्प रोजेका हौ : मौसम

पहिचानको पक्षमा भएपनि नामाकरणमा बाधक नबन्ने विकल्प रोजेका हौ : मौसम

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १८ २०७९


पहिचानको पक्षमा भएपनि नामाकरणमा बाधक नबन्ने विकल्प रोजेका हौ : मौसम

इलाम । नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता इन्द्र आङ्बो मौसमले पहिचानको पक्षमा भाएपनि नामाकरणमा बाधक नबन्ने विकल्प रोजिएको बताए । उनले माओवादी केन्द्र पहिचान सहितको नामाकरणको पक्षमा भएपनि थोरै विकल्प मध्येबाट नामाकरणमा बाधक नहुने विकल्प रोजिएको बताए ।

उनले प्रदेशसभाको पहिलो कार्यकालमा तत्कालिन नेकपासंग २ तिहाई बहुमत भएपनि पहिचानमा नरुचाउने नेतृत्वको कारण नामाकरण हुन नसकेको बताए । उनले दोश्रो कार्यकालमा प्रदेशसभामा उपस्थित गणितको सन्देश पहिचानको पक्षमा नभएको बताए ।

उनले जारी गरेको विज्ञप्तीमा लेखिएको छ ‘ प्रदेशसभाको दुईतिहाई संख्या भएका दलहरुले नामाकरणको प्रस्ताव अघि बढाएपनि हामीले नाममा पहिचान जोड्ने अथक प्रयास गर्यौ । तर हाम्रो प्रयास अन्तत ः विफल बन्नपुग्यो । हाम्रा अघि थोरै मात्र विकल्प थिए । पहिलो पहिचान सहितको नाममा दुईतिहाई मत पु¥याउने, दोश्रो नामाकरण प्रक्रिया नै रोक्ने र तेश्रो प्रदेशको नामकरण नरोक्ने । प्रतिकुल गणितले पहिलो विकल्प सम्भावना थिएन् । दोश्रो विकल्पमा जानु प्रदेशवासीको अपेक्षा र आफ्नै प्रतिवद्धताको विपरित हुन्थ्यो । त्यसैले हामीले नामाकरणमा बाधक नबन्ने विकल्प रोजेका हौ ।’

उनले संसदको छलफलका क्रममा पहिचानको पक्षमा सुस्पष्ट मत जाहेर गरेको बताए । आङ्बोले भविष्यमा पहिचान पक्षधर शक्तिहरुको दुईतिहाई संख्या सहित प्रदेशलाई पहिचानयुक्त नाम दिने प्रयासमा लाग्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार