Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

क्रान्तिको गौरवमय इतिहास बोकेको झापामा प्रतिक्रान्ति शुरु भयो : पूर्व संचारमन्त्री कार्की

क्रान्तिको गौरवमय इतिहास बोकेको झापामा प्रतिक्रान्ति शुरु भयो : पूर्व संचारमन्त्री कार्की

  • सुजन तिमल्सिना
  • शनिबार, फाल्गुन १३ २०७९


क्रान्तिको गौरवमय इतिहास बोकेको झापामा प्रतिक्रान्ति शुरु भयो : पूर्व संचारमन्त्री कार्की

कनकाई । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की पार्थले प्रगतिशिल समाज निर्माणका लागि झापाबाटै अभियान शुरु गर्नुपर्ने बताएका छन् । प्रतिक्रान्तिको नेतृत्व झापाबाट शुरु भएकाले त्यसलाई रोक्न लाग्नुपर्ने उनले बताए । झापाबाट राजा ल्याउनुपर्छ, पञ्चायत फर्काउनुपर्छ भन्नेको अभियान चलेकाले संचारकर्मी सक्रिय नहुँदा राणाहरुको शासन फकाउनुपर्छ भन्ने अभियान पनि झापाबाटै हुन्छ जस्तो देखियो–उनले भने ।
प्रेश सेन्टर नेपाल झापा जिल्ला समिति ९ औँ साधारणसभा तथा सम्मेलनमा बोल्दै कार्कीले उन्नत क्रान्तिकारी योद्धा भएको झापा जिल्ला प्रगतितिर भन्दा पनि प्रतिगमनतिर अघि बढेकाले प्रगतिशिल समाज निर्माणका लागि संचारकर्मीले कमल चलाउनुपर्ने बताए ।
पूर्व संचारमन्त्री समेत रहेका नेता कार्कीले झापा जिल्लाको गौरवमय इतिहास मेटिने गरि मसानघाटमा पुगेको पूर्वराजाले हात हल्लाएर हिड्ने अवस्थामा पुग्नु दुःखलाग्दो भएको बताए । प्रगतिशिल समाज निर्माणका लागि संचारकर्मीहरुले निरन्तर कलम चलाउनुपर्ने नेता कार्कीले जोड दिए । संचारक्षेत्र चौथो भएपनि महत्वपूण अंग भएकाले आफ्ना सम्पादकिय र समाचारहरु मार्फत निरन्तर जनताका पक्षमा लेख्नुपर्ने नेता कार्कीले बताए । जनताका पक्षमा समाचार लेख्नुपर्ने र नेताहरुलाई कठघारमा उभ्याउनुपर्ने उनले जोड दिए ।
झापा जिल्लामा संगित, फुटबल, शिक्षा स्वास्थ्य क्षेत्रमा सरकारको लगानी रहेकाले सरकारलाई निरन्तर घचघच्याउन पत्रकार नै अघि बढ्नुपर्ने नेता कार्कीले बताए । संचारमाध्यममा दैनिक राजनीतिक समाचार मात्रै आउने गरेकाले अब राजनीतिक समाचार चुनावका बेला मात्रै बहस बनाउनुपर्ने उनले बताए । प्रतिभाशालि विद्यार्थीको पठन सस्कृति विकास गर्न पूस्तकालयको स्थापनाका लागि लाग्नुपर्ने राम कार्कीले बताए ।
संचार क्षेत्रमा यर्थाथ भन्दापनि हल्लाका समाचारहरु मात्रै आउने भएकाले जनतामा भ्रम सिर्जना चिर्न संचारकर्मीले आफै तथ्य समाचार ल्याउनुपर्ने बताए । जनताको काम पर्ने नेताको समाचारमा मिडियाहरुले स्थान नदिने गरेकाले जनतामा भ्रम सिर्जना भएको नेता कार्कीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार