Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रपतिको दौडमा रहेका नेम्वाङको यस्तो छ राजनीतिक यात्रा

राष्ट्रपतिको दौडमा रहेका नेम्वाङको यस्तो छ राजनीतिक यात्रा

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन १३ २०७९


राष्ट्रपतिको दौडमा रहेका नेम्वाङको यस्तो छ राजनीतिक यात्रा

इलाम । नेपालको संविधान निर्माणमा महत्वपुर्ण भुमिका खेलेका सुवास नेम्वाङ अब राष्ट्रपतिको दौडका छन् । सादगी नेताको छवि बनाए इलामेली नेम्वाङले २०६५ र २०७० मा सभामुखको रुपमा जिम्मेवारी सम्हालिसकेका छन् । संसदीय राजनीतिमा ३ दशक लामो योगदानपछि अब राष्ट्रध्यक्षको रुपमा अघि बढाउने एमालेले निर्णय लिएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उनको प्रतिद्धन्द्धी हुनेछन् ।

इलाम नगरपालिका–७ सुन्तलाबारीमा विस २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए । उनी एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७५ बाट नेकपा स्थायी कमिटी सदस्य बनेका थिए । हाल उनी पार्टीको  उपाध्यक्ष छन् । विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य भए ।

प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४, २०७०, २०७४ र २०७९ मा इलाम २ बाट निर्वाचित भएका थिए । नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए ।

न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) रहेका उनी पञ्चायती निरङ्कुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द परेका थिए ।

प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा सात महिना जेल परे । बिए र बिएल गरेका नेम्वाङ प्राध्यापन, कानून व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका हुन् । उनी प्राध्यापक संघमा पनि सक्रिय थिए । उनी नेपाल बार एसोसिएसनको महासचिव पनि भए । राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ ।

गणेशमानसिंह प्रतिष्ठानले उनलाई गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार