काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवार दर्ता गरेका छन्। शनिबार संघीय संसद् भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन९२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्। नेम्वाङको उम्मेदवारी दर्तामा ५ प्रस्ताव र ५ समर्थक रहेका छन्।