इलाम । इलाम नगरपालिका–१ स्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद सिटीइभिटीको ३५ औ बार्षिक उत्सव मनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले इलाम नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै थापाले नगर प्रदान गरेको छात्रवृतिमा अध्ययनरत ५ वटा बिषयका १६जना विद्यार्थीहरुलाई उच्च मनोबलका साथ अध्ययन गर्न सुझाव दिए । उनले नगरको प्राविधिक आवश्यकतालाइ पुर्ति गर्न शिक्षालयबाट उत्पादन भएका जनशक्तिहरु सहयोगी रहने बताए ।

उनले विद्यार्थीहरुलाई पढाईमा ध्यान दिएर राज्यलाई प्राविधिक क्षेत्रमा देशमै बसेर सहयोग गर्न समेत आग्रह गरे । कार्यक्रममा वडा न ४ का वडाध्यक्ष एवम नगर प्रवक्ता नुतनदेव दुलाल, इलामका प्रहरी उपरिक्षक दिलिप घिमिरे, रणशार्दूल गण इलामका गणपति सुनिल सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।