Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्रदेश स्वास्थ्य मन्त्री लिम्बुुद्वारा, इलाम अस्पताल अनुुगमन

प्रदेश स्वास्थ्य मन्त्री लिम्बुुद्वारा, इलाम अस्पताल अनुुगमन

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन ४ २०७९


प्रदेश स्वास्थ्य मन्त्री लिम्बुुद्वारा, इलाम अस्पताल अनुुगमन

‍इलाम । १ नम्बर प्रदेश स्वाथ्य मन्त्री तथा जनता समाजवादी पार्टी नेपालकी राजनीतिक समिति सदस्य निर्मला तावा लिम्बुुले प्रदेशको नाम पहिचानको आधारमा हुँनु पर्ने बताइन् । इलाममा बिहिबार पार्टी कार्यकर्ता भेटघाट गर्दै प्रदेशको नाम पहिचानको आधारमा राख्न बिषेश भूमिका निर्वाह गर्नै बताउँदै अन्य दलहरूसँग पनि यस विषयमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यस अघि इलाम अस्पताल अनुुगमन गर्दै आधारभूत स्वाथ्य सेवालाई सर्वसाधारणसम्म पुुर्‍याउँन कञ्जुुस्याँई गर्न नहुने बताइन् । मन्त्री लिम्बुुले बिहिबार इलाम अस्पताल अनुुगमन गर्दै आधारभूत स्वाथ्य सेवा सर्व साधारण नागरिकको पहुुँच योग्यो बनाउँनुु पर्नेमा जोड दिदै, सेवाको काममा कुनै कञ्जुस्याँई नगर्न समेत निर्देशन दिइन् ।

‘सरकारी तथा सामुदायिक अस्पतालमा स्वास्थ्यको माप दण्डबाट उठ्नुु पर्छ मन्त्री लिम्बुले भनिन (अस्पतालबाट प्राप्त हुने निशुल्क औषधी सवै नागरिकमा पुुर्‍याउँन कुनै विलम्ब गर्न हुँदैन । सरसफाइको हिसाबले इलाम अस्ताल राम्रो छ । अस्पताललाई यो अवस्थामा राख्न सफल हुनु भएकोमा धन्यावाद छ ।’ अनुुगमनकै क्रममा इलाम नगरपालिकाले अस्पताललाई तीन सय बेटको बनाउँनु पेश गरेको प्रस्ताव पत्र स्वागत योग्य भएको बताउँदै यसका लागि आवश्यक कदम चाल्ने जानकारी गराइन् ।अस्तापल अनुुगमनका क्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रभू शाहले अस्पतालको बारेमा जानकारी गराए । अनुुगमनका क्रममा स्वास्थ्य मन्त्रालयका मुुख्य सचिव डाक्टर अनुज भट्टचनको उपस्थिती थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार