Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

तीन कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

तीन कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन ४ २०७९


तीन कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठाका नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । यसरी सपथ ग्रहण गर्नुहुनेहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन् । सो अवसरमा प्रधानमन्त्रीले उहाँहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार