Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

कन्याममा सरसफाइ अभियान निरन्तर चल्दै

कन्याममा सरसफाइ अभियान निरन्तर चल्दै

  • गोपाल गिरी
  • बुधबार, फाल्गुन ३ २०७९


कन्याममा सरसफाइ अभियान निरन्तर चल्दै

कन्याम । इलामको पर्यटकीय गन्तव्य कन्याममा युवाहरु सरसफाईमा अग्रसर भएका छन् । प्रत्येक मंगलबार सरसफाई हुँदै आएको छ । गत माघ १६ गते सहिद दिवसको अवसरमा कन्याम पर्यटकीय क्षेत्र सरसफाई समितिको आयोजनामा संचालन भएको कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले “इलामको शान सूर्योदय कन्याम, फोहोरमैला मुक्त हाम्रो अभियान“ भन्ने नारा लिएर साप्ताहिक रूपमा नै सरसफाइ अभियान थालिएको तेस्रो हप्ता मंगलबार पनि निरन्तरता पाएको छ ।

पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कन्याममा फोहोर मैला व्यवस्थापन सम्वन्धी विगतमा पटकपटक प्रश्न उठने गरेकोे थियोे । कन्यामको सौन्दर्यमा मूल बाधक पनि फोहोर मैला नै बनेको थियोे । यसअघि विभिन्न समयमा सरसफाई अभियान चलेपनि कन्याममा निरन्तरता पाउन सकेन् ।

सरसफाइ कार्यमा यस क्षेत्रमा क्रियाशील होटल व्यवसायी, ट्रली व्यवसायी, घोडा व्यवसायी, फोटो व्यवसायी, कृषि व्यवसायी लगायत सबै व्यवसायीहरुलाई सकृय सहभागीता रहेको जानकारी कन्याम पर्यटकीय क्षेत्र सरसफाइ समिति का सचिव यज्ञराज गिरीले जानकारी दिए ।

सरसफाइ अभियानमा वडा मार्फत पन्जा,झाडू मास्क आदि सहयोग प्राप्त भएको जानकारी दिदै गिरीले वडा, सरोकारवाला तथा विभिन्न निकाय बाट साथ र सहयोग प्राप्त भईरहे अभियान निरन्तर चल्ने बताए । पर्यटनको लागि निकै लोकप्रिय गन्तव्यको रुपमा रहेको कन्याम लाई फोहोर मैला मुक्त बनाउन सके पर्यटकलाई थप आकर्षण गर्न सकिने स्थानीयले अपेक्षा राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार