इलाम । २८ औँ जनयुद्ध दिवसको अवसरमा इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पसमा उद्घोषण तालिम शुरु भएको छ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेराश्ववियू क्रान्तिकारीले २ दिने उद्घोषण कलाको तालिम आयोजना गरेको हो । अनेराश्ववियू क्रान्तिकारी महेन्द्र रत्न बहुमुखि क्याम्पस कमिटीको आयोजना तथा जिल्ला समितिको समन्वयमा २ दिवसिय उद्घोषण कला तालिम आयोजना गरिएको हो ।
क्याम्पस कमिटी अध्यक्ष राजेन्द्र लोहारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि अखिल क्रान्तिकारी केन्द्रिय सदस्य विपिन पोखरेल र अतिथिहरुमा क्याम्पस प्रमुख खगेन्द्र चापागाई, प्रेश सेन्टर नेपालको इलाम अध्यक्ष वुद्धमाया सोङ्मी, साहायक क्याम्पस प्रमुख पोष्टराज लामिछाने, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष नयन बान्तवाले कार्यक्रमको सफलताको सुभकामना व्यक्त गरेका थिए । उद्घाटन कार्यक्रमको अखिल क्रान्तिकारी क्याम्पस समिति सचिव मनोरथ बास्कोटाले गरेका थिए ।
उद्घोषणकला कार्यक्रममा महेन्द्र रत्न बहुमुखि क्याम्पसमा अध्ययनरत ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको छ भने तालिमको सहजिकरण रेडियोकर्मी, राजकुमार दाहाल, टेलिभिजन पत्रकार सुजन तिमसिना र रेडियोकर्मी बुद्धमाया सोङ्मीले गर्नेछन् ।