पाँचथर । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि २०५२ साल फागुन १ बाट शुरु भएको जनयुद्धको दिनलाई पाँचथरको फालेलुङ गाउँपालिकाले सार्वजनीक बिदा दिने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गरिएको शसस्त्र क्रान्तिको उपलब्धि स्वरुप देश संघीय संरचनामा बदलिनुका साथै, राज्यका हरेक निकायमा सामावेसिकरणको सुरुवात भएकाले उक्त दिनलाई सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
शसस्त्र जनयुद्ध शुरुवातको दिनलाई सार्वजनीक बिदान दिने निर्णयले स्वागत योग्य भएको नेकपा माओवादीक केन्द्रका पोलिटव्यूरो सदस्य तथा १ नम्बर प्रदेशका संस्थापक अर्थमन्त्री इन्द्र आङ्बो मौसमले बताए । उनी भन्छन्–माहान जनयुद्धको दौरान पाँचथरमा सबैभन्दा बढि सहिदहरुले बलिदानी गरेको फालेलुङ गाउँपालिकाले जनयुद्ध दिवशको अवसरमा सार्वजनिक बिदा दिने निर्णय ऐतिहासिक र स्वागतयोग्य छ ।