फिक्कल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) इलामको विभिन्न भातृ संगठनको अधिवेशन सम्पन्न भएको छ । नेकपा एस सम्वद्ध प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, पेशागत महासंघ र एकीकृत निजामती कर्मचारी संगठन इलामको पहिलो जिल्ला अधिवेशन समपन्न भएको हो ।
सुर्योदय नगरपालिका–१० फिक्कलको लाप्चा भवनमा भएको कार्यक्रममा शिक्षक संगठन तर्फ अध्यक्षमा मात्रिका विश्वकर्मा, उपाध्यक्ष रचना राई र चन्द्र बहादुर खत्री, सचिवमा वेनुप भट्टराई, सह–सचिवमा प्रिया राई र कोषाध्यक्षमा शेखर आचार्य चयन भएका छन् ।
सदस्यहरुमा भावना न्यौपाने, सुनिल कुमार तामाङ, दिल्ली शंकर, भावना थुलुङ, रिना राई, विष्णु थामी, अर्जुन राई, अल्का राई, लाकेल लामा, टेकु पुलामी निर्विरोध चयन भएका छन् । त्यस्तै एकीकृत निजामती कर्मचारीमा निरोज तामाङको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटि चयन गरिएको छ ।
पेशागत महासंघमा .जित बहादुर राईको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटि निर्माण भएको छ। कार्यक्रममा संविधान सभा सदस्य सुर्य वाला राई, नेकपा एसको केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य खिनु लङवा, रामचन्द्र पराजुली, जिल्ला उपाध्यक्ष तथा जिसस उपप्रमुख चित्रकला बराईली, सूर्योदय नगरप्रमुख रण बहादुर राई लगायतको आतिथ्यता रहेको थियो ।