सन्दकपुर । देउराली स्पोर्टिङ क्लबको अध्यक्षमा अइन्द्र राई निर्वाचित भएका छन् । आज सम्पन्न पाँचौ साधारण तथा दोस्रो अधिवेशनबाट राईको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको हो । क्लबका अध्यक्ष लिल बहादुर बुर्जा सन्दकपुर गाउँपालिका–३ को वडाध्यक्षमा निर्वाचित भएपछि समिति हेरफेर भएको हो ।
समितिको उपाध्यक्षमा सुरेश थापा मगर, सचिव माधव खनाल, सहसचिव किरण राई र कोषाध्यक्षमा दयाङ्जी शेर्पा रहेका छन् । समितिको सदस्यहरुमा सुमन धमाला, कर्मा तामाङ, निशा लिम्बु, राधिका धमला र कमला सुवेदी रहेका छन् । क्लबका अध्यक्ष लिल बहादुर बुर्जा मगरको अध्यक्षता भएको कार्यक्रममा देउराली बजार व्यवस्थापन समितिका अध्यक्ष धनप्रकाश राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पूर्व प्रशिक्षक एवम समाजसेवि प्रेम नाछिरिङ को बिशिष्ट अतिथ्यता रहेको थियो । सन्दकपुर गाउँपालिकाका कार्यपालिका सदस्य पासाङ शेर्पा, स्थानीय समाजसेवी बिभिन्न संघ संस्था हरूको प्रतिनिधिका साथै स्थानीय बासिन्दाहरूको बृहत भेलाबाट सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन भएको हो ।