कन्याम । इलामको सूर्योदय नगरपालिका–६ का दिपेन्द्र तामाङ विगत ४ दिनबाट बेपता भएका छन् । गत मंगलबार अचानक घरबाट निस्किएका २९ बर्षिय तामाङ परिवारको सम्पर्कमा नरहेको आफन्त विवेक तामाङले जानकारी दिए ।
हाल आफ्नो दाजु को बस्दै आएका तामाङ बाबुको पहिल्यै नै मृत्युु भईसकेको छ भने आमा माईतमा बस्दै आएकी छिन् । नजिकका आफन्त तथा नातेदार कहाँ समेत सम्पर्क गरि पतो नलागे पछि उनका दाजु भूपेन्द्र तामाङले खोजीका लागि सबै सँग आग्रह गरेको छन ।