इलाम । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग दाहालले नेपाल टेलिभिजन इलाम प्रशारण केन्द्रको निरिक्षण गर्नुभएको छ । कार्यकारी अध्यक्षमा नियुक्ति भएपछि पहिलो पटक कार्यकारी अध्यक्ष सहितको टोलीले इलाम प्रशारण केन्द्रको निरिक्षण गरेको हो ।
इलामको सूर्योदय नगरपालिका र इलाम नगरपालिकाको सीमा क्षेत्र मुर्तिडाँडामा रहेको प्रशारण केन्द्रको निरिक्षण गर्दै प्रशारण केन्द्रमा खटिएका कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुभएको छ । प्रशारण केन्द्रको बस्तुस्थितिका बारेमा कार्यकारी अध्यक्षले कर्मचारीसँग जानकारी लिँदै प्रशारणमा केन्द्रमा देखिएका समस्या समाधान गर्न पहल गर्ने कार्यकारी अध्यक्ष समिरजंङ साहाले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
नेपाल टेलिभिजन इलाम प्रशारण केन्द्रका प्रमुख शैलेन्द्र झाले प्रशारण केन्द्रको भवन मर्मत, विद्युत ट्रासफर्मरमा आएका समस्या लगायत पूर्वाधार निर्माणको आवश्यकता रहेको कार्यकारी अध्यक्ष साहालाई अवगत गराउनुभएको थियो । प्रशारण केन्द्र निरिक्षणमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखा अध्यक्ष दिपकजंग हमाल, नेपाल टेलिभिजन कर्मचारी युनियन भोज बहादूर विश्वकर्मा, नेपाल टेलिभिजन इलाम सम्बाददाता सुजन तिमसिनाको उपस्थिती रहेको थियो ।