Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पर्यटन मन्त्रीको निर्देशनपछि १० दिनमा नतिजा : नेपाल एयरलाइन्सको टिकट अनलाइनबाटै

पर्यटन मन्त्रीको निर्देशनपछि १० दिनमा नतिजा : नेपाल एयरलाइन्सको टिकट अनलाइनबाटै

  • सन्देश सम्बाददाता
  • शुक्रबार, माघ २० २०७९


पर्यटन मन्त्रीको निर्देशनपछि १० दिनमा नतिजा : नेपाल एयरलाइन्सको टिकट अनलाइनबाटै

काठमाडौँ । नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स ले आन्तरिक उडानको टिकटलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा जोडेको छ। एयरलाइन्सले यात्रुको सहजताका लागि इ–सेवाबाट अनलाइन टिकट लिने पाउने व्यवस्था गरेको हो।

एयरलाइन्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत टिकट लिन सकिने बताएको हो। एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकट लिन सक्ने जनाएको छ।

त्यस्तै, निगमले दुर्गम÷विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राख्दै पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारी समेत गरेको बताएको छ। केही साताअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको टिकट वितरणलाई अनलाइन बनाउन निर्देशन दिएका थिए। मन्त्री किरातीको निर्देशनपछि निगमले यो व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई महिनाभित्र ग्राहकलाई अनलाईन टिकटको व्यवस्था गरिसक्न माघ १० मा   निर्देशन दिएका थिए ।  नवनियुक्त पर्यटन मन्त्रीसहितको समूहलाई निगममा स्वागत गर्ने क्रममा बोल्दै मन्त्री किराँतीले त्यस्तो निर्देशन दिएका थिए ।

सोही क्रममा मन्त्री किराँतीले राष्ट्रिय ध्वजावाहक नेपालको गौरव भएको बताउँदै निगमले परिणामजनक काम गर्नुको विकल्प नभएको बताएका थिए । उनले मन्त्रालयको अहिलेको समूह एकदमै ऊर्जावान र सक्रिय रहेको बताउँदै राष्ट्रिय ध्वजावाहकको विकासको लागि मन्त्रालयबाट नीतिगत समस्याहरूमा कुनै पनि अवरोधहरू नआउने स्पष्ट पारेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार