Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सहाराका सदस्यलाई वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न

सहाराका सदस्यलाई वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न

  • लोकल सन्देश
  • शुक्रबार, माघ २० २०७९


सहाराका सदस्यलाई वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न

फिक्कल : इलाम नगरपालिका १० गोदकमा एक दिने वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्द्रले संस्थामा आवद्ध महिला समुह तथा अविभावकका लागि एक दिने वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न गरेको हो ।

महिला समुहकी अध्यक्ष शुस्मा गुरागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४ वटा समुहका ४० बढी सदस्य तथा अविभावकको सहभागिता रहेको थियो । कार्यक्रममा सहारा नेपालले प्रदान गर्दै आएका सेवा सुविधा, बचत ऋण बारे जानकारी, वित्तीय साक्षरता , बस्तु तथा सेवाको जानकारी साथै कृषि र पशु सेवा सुविधा बारे जानकारी गराईएको थियो ।

फिक्कल सेवा केन्द्र सहयोग समिति सदस्य जिवनाथ खतिवडाले स्वागत मन्तब्य राखेको कार्यक्रममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्द्र प्रमुख कल्पना ढुंगाना, संस्थाका पशु प्राविधिक रमेश घिमिरे, कर्मचारी दुर्गा बहादुर राउत, प्रेम राज राई र सहयोग समिति सदस्य प्रेम अधिकारीले प्रशिक्षण दिएका थिए ।

संस्थाका कर्मचारी संजय राजबंशीले संचालन गरेको कार्यक्रममा महिला सदस्य पिंगला देवि चौहान र अभिभावक बाल कुमार राईले आफनो धारणा राख्दै सस्ंथाले गराएको पुनर्ताजकी कार्यक्रम उपलब्धी मुलक भएको बताए । कार्यक्रममा गोलाप्रथाबाट पहिलो दोस्रो र तेस्रो हुनेलाई पुरस्कार समेत वितरण गरिएको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार