काठमाडौँ । चुलाचुलीमा स्वास्थ बिमा कार्यक्रम चुलाचुली अस्पतालबाट शुरु गर्ने सम्झौता भएको छ । इलामकाे चुलाचुलीमा पहिलो पटक आफ्नै पालिकाबाट स्वास्थ बिमा आधारभुत अस्पतालबाट सुबिधा दिने सम्झौता भएको हो । स्वास्थ्य बिमा कार्यक्रमको अनुमति सम्झौता पत्रमा हस्ताक्षरको काम काठमाडौँमा सम्पन्न भएको हो ।

सम्झौतापछि चुलाुचली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ भन्छन्– चुलाचुली नागरिकहरु लाई सेवा दिने अवसर पाएकोमा गाउँपालिकाले राम्रो उपलब्धि लिएको छ । स्वास्थ्य बिमा कार्यक्रम सुचारु भएपछि चुलाचुली नागरिकहरुले झापाको अस्पतालमा झरी पानी र घाम मा लाईन बस्ने दु:ख हटेको छ।

चुलाचुली अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालनका लागि चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ चुलाचुली अस्पतालका मेडिकल अधिकृत डा अर्पन कटुवाल र स्वास्थ्य बिमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु प्रसाद ज्ञवाली, उपसचिव बाबुराम ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
