चुलाचुली । इलामको चुलाचुली–३ स्थित शिववरक मिलनपोखरीको जंगलमा मञ्च बनाएर नाटक मञ्चन गरिएको छ। चुलाचुली रंगमञ्चले आयोजना गरेको दुईदिने चुलाचुली पाठशाला नाट्य उत्सवमा जंगलमा मञ्च बनाएर नाटक मञ्चन गरिएको हो ।

मंगलबार र बुधबारका लागि आयोजना गरिएको नाट्य उत्सवको पहिलो दिन पाँच नाटक मञ्चन गरिएको छ। चुलाचुली रंगमञ्चको नाटक ‘मेला’, शब्द थिएटर र रेड स्टार बोर्डिङ पथरीको ‘छोरी मान्छे भएर’, अमृत बोर्डिङ स्कुल चुलाचुली–२ को ‘देउती’, भानु मावि चुलाचुली–५ को वातावरण र बालज्योति मावि चुलाचुली–४ को ‘ख बाट’ नामक नाटक मञ्चन गरिएको थियो।

नाट्य उत्सवमा मञ्चन गरिएका अधिकांश नाटकमा विद्यालयका बालबालिका कलाकारको भूमिकामा थिए। उनीहरूको प्रस्तुति उत्कृष्ट थियो। ‘हामीले विद्यालयका बालबालिकामा नाटक बुझाउनु थियो। त्यस अर्थमा हामी सफल भएका छौँ,’ चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले भने।

नाट्य उत्सवमा झापा, इलाम, मोरङ र पाँचथरका गरी दशवटा नाटक सहभागी छन्। बुधबार पाँचवटा नाटक मञ्चन गर्ने अध्यक्ष आङ्थुपोले बताए। नाट्य उत्सवहरू ठूला हल र सहरमा हुँदै गएका थिए। तर, यसपटक चुलाचुली रंगमञ्चले जंगलमा मञ्च बनाएर नाट्य उत्सव गरिरहेको छ।

यो नेपालमा पहिलो प्रयोग भएको दाबी गर्छन्, आङ्थुपो। प्रकृतिको काखमा गरिएको नाट्य उत्सवमा बस्ने प्याराफिट पनि बाँसको बनाइएको छ। उत्सवमा उल्लेख्य दर्शकको उपस्थिति थियो। जंगलभित्र खेतका गह्राहरू भरिभराउ देखिन्थे। चुलाचुली रंगमञ्चको यो नाट्य उत्सव दोस्रो संस्करण हो।

०७६ मा नाट्य उत्सवको पहिलो संस्करण गरेको चुलाचुली रंगमञ्चले कोरोनाका कारण तीन वर्षसम्म अर्को संस्करण गर्न सकेन। यसपटक पूर्व–पश्चिम राजमार्गस्थित दमक बजारदेखि करिब आठ किलोमिटर उत्तरमा रहेको चुरेको यो जंगलमा नाट्य उत्सव भइरहेको छ।

उत्सवमा नाटक मञ्चनसँगै, चित्रकला पनि हुनेछ। नाटकको कार्यशाला र चित्रकलाको पनि कार्यशाला भइरहेको अध्यक्ष आङ्थुपुले बताए। स्थानीयमा नाटक हेर्ने संस्कार विकासका लागि पनि नाट्य उत्सव गरिएको उनले बताए। ०६५ सालमा चुलाचुलीका युवा मिलेर ‘नयाँ बाटो, नयाँ पाइला’ नामक नाट्य समूह स्थापित गरेर यहाँका चुलाचुली रंगमञ्चले ‘जग’ बसाएको थियो।
०७० मा चुलाचुली रंगमञ्चको नाममा दर्ता भएर काम गर्दै आएको छ। यो रंगमञ्चले राजधानी र राजधानीबाहिरका विभिन्न नाट्य उत्सवमा नाटक मञ्चन गरेर आफ्नो पहिचान स्थापित गरिसकेको छ। चुलाचुली रंगमञ्च विशेषतः भाषिक–सांस्कृतिक नाटकका लागि स्थापित भइसकेको छ।
समापनमा ५ नाटक मञ्चन हुँदै
इलाम जिल्लाको दक्षिणी भुभाग चुलाचुली गाउपालिकामा अवस्थित चुलाचुली रंगमञ्चको दोस्रो संस्करण चुलाचुली पाठशाला नाट्य उत्सव(२०७९ को पहिलो दिन हिजो मंगलबार ५ वटा नाटक मञ्चन भएका थिए भने आज बुधबार थप ५ वटा नाटक हरु मञ्चन हुने भएका छन । मंगलबार उद्घाटनमा नेपाली मौलिक संस्कृति,परम्परा अन्तर्गत लोप हुँदै गएको ” संगिनी ” प्रस्तुती बाट सुरुवात गरिएको थियो भने त्यसपश्चात चुलाचुली रंगमञ्चकै प्रस्तुती “मेला”,अमृत बोर्डिङ बोर्डिङ चुलाचुली २ बाट “देउकी”,भानु मा।बि। चुलाचुली ५ बाट “बाताबरण”,शब्द थिएटर र रेडस्टार बोर्डिङको सहकार्य पथरी बाट ” छोरी मान्छे भएर “, र बालज्योती मा।बि। चुलाचुली ४ बाट ” ख बाट ” नाटकहरु मञ्चन भएका थिए ।
त्यस्तै आज बुधबार झापा दमकको कदम थिएटर र सर्वोदय बोर्डिङको सहकार्यबाट ” चकलेट “, पञ्चकन्या आ।बि। चुलाचुली २ बाट ” त्ज्भ् द्यक्ष्च्म् “, पञ्चबुद्ध एकेडेमी चुलाचुली ४ बाट ” पुनर्जीवन “,चुलाचुली रंगमञ्च बाटै अर्को प्रस्तुती ” यो मेरो कथा नहुन सक्छ ” र मिक्लाजुङ नाटक घर मोरङ बाट ” साइड इफेक्ट ” जस्ता नाटकहरु मञ्चन हुने छन । बिशेष गरेर बिद्यार्थीहरुको सिकाई प्रणालीलाई चौतर्फी बनाउन र चेतनाको स्तरलाई थप फराकिलो बनाउने उद्देश्यले आयोजना गरिएको यश उत्सवमा दुई दिने नाट्य कार्यशाला र चित्रकला कार्यशाला समेत रहेको कार्यक्रम संयोजक चेतन आङ्थुपोले जानकारी गराए ।
संस्थाका संस्थापक अध्यक्ष समेत रहेका आङ्थुपो भन्छन,” हामीलाई लाग्छ,प्रबिधीले गर्दा हाम्रा नानीहरु प्रकृति बाट अलिकति टाढा भएको हो कि रु कला संस्कृति बुझ्न बाट बन्चित पो भइ रहेका छन कि भन्ने मनन गर्दै यश पटक प्रकृतीको यो सुन्दर थलो,पर्यटकीय स्थल यश जंगल भित्र कार्यक्रमको आयोजना गरिएको हो । यसो गर्नु हाम्रो लागि चुनौतीका साथै रहर र बाध्यता पनि जोडिएका छन । ” उनी थप्छन,” रहर यश अर्थमा थियो कि प्रकृति हाम्रो लागि यति भरिपुर्ण छ जुन हामी सहरको कुनै व्यवस्थित संरचना हरुमा पाउन सक्दैनौ र बाध्यता यश तरिकाले छ कि चुलाचुलीमा नाट्य हलको उपलब्धता छैन । ” चुलाचुलीकै पर्यटकीय स्थलहरुको रुपमा मानिने वार्ड नं ३ मा अवस्थित शिवओरक मिलन पोखरीमा आयोजना गरिएको यश उत्सव प्राकृतिक रुपमा पनि निकै सुन्दर देखिएको छ ।
वरिपरि पोखरि र त्यसको उत्तरपट्टी बाट सुरु हुने चुरेका अग्ला अग्ला डाँडा हरुमा कलाका बुलन्द सिर्जनाहरु लहराएको देख्न सकिन्छ । झापाको सुन्दर नगरी दमक बाट करिव आठ किलो मिटरमा अवस्थित उक्त स्थानमा मंगलबार पहिलो दिन हजारौं दर्शकहरुको उपस्थिती देख्न सकिन्थ्यो ।
नेपाली आधा दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी आफ्नो प्रस्तुति राखिसकेको चुलाचुली रंगमञ्चले यश पटक आफै यश उत्सवको आयोजना गरिरहेको छ। चुलाचुली रंगमञ्चका देवांसी राजा,खाल्डो,मांगेना,सिमिक्वा र बुद्ध र भिखारी जस्ता नाटकहरु नेपालका राष्ट्रिय तथा अन्तरास्ट्रिय महोत्सवहरुमा मञ्चन भइ सकेका छन । ” प्रकृतीको सत्सङ्गमा जाऔं, रंगकर्ममा रमाऔं र आफू स्वयम् संग सम्वाद गरौं ” भन्ने नाराको साथ आयोजना गरिएको यश उत्सवमा बिहान ७ बजे देखि १० बजे सम्म नाट्य तथा चित्रकला कार्यशाला र ११ बजे देखि निरन्तर नाटक मञ्चन रहने आयोजकले जानकारी गराएको हो ।