साङ्रुम्बा । इलाम १२ साङ्र्रुम्बा मकर संक्रान्तिको अवसरमा नकआउट फुटबल प्रतियोगिता आयोजना भएको छ । सुके पोखरी समिति ले आयोजना गरेको को मकर संक्रान्तिको अवसर मा खेल्लाइएको खुल्ला पुरुष फुटबल नकाउट प्रतियोगिताको फाइलन आइतबार सम्पन्न भएको हो ।

प्रतियोगिताको कार्यपालिका सदस्य देवीमाया लिम्बु, कुमारी लुवागुन, वडाध्यक्ष लाखमा लिम्बु र वडासदस्य नेत्र घिमिरेले विजेता र उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

पुष २१ बाट शुरु भएको प्रतियोगितामा नाघि एफ सि देउमाई नगरपालिका बिजय भएको हो । फत्तेजुङ फुटबल क्लब देउमाई नगरपालिकालाई ४ बिरुद्ध ५ गोल गर्दै नाघि एफ सिले बिजयी हासिल गरेको हो । २५ टिम सहभागि प्रतियोगिताको प्रथम पुरस्कार २२ हजार र दोस्रो पुरस्कार ११ हजार रहेको थियो ।
