Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

शुखानी दानाबारी सडक कालोपत्रेबाट माईबासीको यात्रा सहज

शुखानी दानाबारी सडक कालोपत्रेबाट माईबासीको यात्रा सहज

  • तेजबहादुर घिमिरे
  • बुधबार, पौस २७ २०७९


शुखानी दानाबारी सडक कालोपत्रेबाट माईबासीको यात्रा सहज

दानाबारी । २ वर्षअघि दक्षिणि इलामको माई नगरपालिकाबाट झापाको बिर्तामोडसम्मको यात्रा कष्टकर मात्रै थिएन वर्षातमा आवतजावत नै ठप्प हुन्थ्यो । माई नगरपालिकाबाट झापाको विर्तामोड जोड्ने सडक कच्चि हुँदा इलामबासीको कष्टकर यात्रा प्रदेश सरकारबाट सडक कालोपत्रे भएसँगै हटेको छ ।


दक्षिणि इलामको दानाबारीबाट झापाको बिर्तामोड पुग्न २ वर्षअघिसम्म ३ घण्टा नै लाग्थ्यो । चुरे क्षेत्रको माइ नगरपालिकाबाट झापाको बिर्तामोड जोड्ने सडक कच्चि हुँदा कष्टकर यात्रा हुन्थ्यो ।


तर कोरोना माहामारीकै बिच थालिएको सडक कालोपत्रेको काम सकिएपछि अहिले इलामबासीको बिर्तामोड यात्राको समय ४५ मिनेटमा झरेको छ ।
सवारी साधन चल्न थालेको ७० वर्षपछि प्रदेश १ सरकारबाट इलाम र झापा जोड्ने दानाबारी सुखानी–राजदुवाली सडकखण्ड कालोपत्रे सम्पन्न भएको हो । २०१७ सालमा इलामका तत्कालीन बडाहाकिम सन्तवीर लामाले ट्याक्सी चढेर इलाम गएको सडकको १९ किलोमिटर कालोपत्रे भएको हो ।


झापाको सीमा क्षेत्र सुखानीबाट माई नगरपालिका ३ स्थित लोदियासम्म सडक कालोपत्रे भएपछि कालापानी जस्तो टापूको मुहार फेरिएको स्थानीय भुपाल दुलालले बताए ।
२०७४ मा प्रदेश सभा गठन भएपछि तत्कालिन प्रदेशसभा सदस्य धिरेन्द्र सर्मा ‘रमण’ र काजिमान कागतेले सडक कालोपत्रेलाई प्राथमिकता दिएका थिए ।

सडक कालोपत्रेमा प्रदेश १ सरकारको ४५ करोड ४७ लाख १५ हजार खर्च भएको छ । सम्झौताअनुसार २०७९ असार मसान्तसम्म कालोपत्रे गरिसक्नुपर्ने भएपनि त्यसअघि नै सम्पन्न भएको हो । सात मिटर चौडा रहको सडक कालोपत्रेको पहिलो चरणमा सुखानीदेखि लोदिया बगैंचासेरोसम्म १४ दशमलव ७ किलोमिटर सम्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार