Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पत्रकार सीएम शर्मा सम्मानित

पत्रकार सीएम शर्मा सम्मानित

  • लोकल सन्देश
  • आइतबार, पौस २४ २०७९


पत्रकार सीएम शर्मा सम्मानित

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई सामुदायिक वन उपभोक्ता समूहको २४ औं साधारणसभामा सञ्चारकर्मी सीएम शर्मा सम्मानित भएका छन् । सञ्चारकर्मी शर्मा ठोस खबर डट कमका सञ्चालक/ सम्पादक हुन् ।
सञ्चार माध्यमबाट वन क्षेत्रको संरक्षण, संबर्धन र विकासमा पु¥याएको सहयोगको मूल्याङ्कन गर्दै वनसमूहले समुहको साधारणसभाको अवसरमा तिम्सिनालाई नगदसहित सम्मान गरेको हो ।

त्यसैगरी, कार्यक्रममा वन समूहका कर्मचारी मोतीबहादुर मगरलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको थियो । साथै उत्कृष्ट नतिजा तथा जेहन्दार विद्यार्थीतर्फ उपभोक्ता सदस्यका छोरा छोराछोरीहरूमा कन्काई माध्यमिक विद्यालयका विद्यार्थी रिजन सुवेदी, अनुषा राई, रोशन (प्रनिशबाबु) प्रसाईं, निरुपण प्रसाईं, निर्मला रिजाल र विमर्श दाहाललाई प्रोत्साहन स्वरूप नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ ।

त्यसै गरी, फरक क्षमता भएका मोहनबहादुर गुरुङ, ज्ञानबहादुर लिम्बू, पञ्चशिला भुजेल, डम्बरबहादुर दर्जी र वीरबहादुर लिम्बूलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा समूहको दशौ समितिको कार्यकाल चलिरहँदा पाँचौं पूर्व कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई सम्मान गरिएको छ । त्यस्तै दशौ कार्यसमिति छनौटका निमित्त जिम्मेवारी निर्वाह गरेर कार्य सम्पन्न गरेको निर्वाचन समितिलाई पनि सम्मान गरिएको थियो ।

ज्येष्ठ नागरिकतर्फ दलबहादुर कटुवाल, पवित्रादेवी तिम्सिना, चन्द्रप्रसाद उप्रेती, लीलादेवी चापागाईं, मकरध्वज सुवेदी, टीकादेवी मैनाली, पुण्यप्रसाद मैनाली र बाले मुर्मुलाई कपडा र नगदबाट सम्मान गरिएको समूहका कार्यालय सचिव नेत्र भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार