मंगलबारे । भाडाका घरबाट सेवा प्रभाव गर्दै आएको इलामको देउमाई नगरपालिकाले आधुनिक प्रमुख प्रशासकिय भवन निर्माण गरेको छ । ५ बढी घर भाडा लिएर सेवा दिँदै आएको नगरपालिकाले एउटै भवनबाट सेवा दिने उदेश्य आधुनिक भवन निर्माण गरेको हो ।
पश्चिम इलामको देउमाई नगरपालिकामा लिफ्ट सहितको आधुनिक भवन धमाधम निर्माण हुँदैछ । स्थानीय तह घोषणा अघिकै पुरानो भवनर भाडाका घरमा प्रशासनिक सेवा गर्दै आएको नगरपालिकाले आधुनिक भवन निर्माण गरेको हो ।

मंगलबारे गाविस हुँदाको भवन र भाडाका घरमा प्रशासकिय सेवा दिँदै आएको देउमाई नगरपालिकाले आधुनिक प्रशासकिय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । स्थानीय तह घोषणा भई निर्वाचित जनप्रतिनिधि आएपछि एकै भवनबाट सेवा दिने उदेश्यले नगरपालिकाले आधुनिक भवन निर्माण गरेको नगर प्रमुख सुर्य पोखरेलले बताए ।

पुरानो भवन भत्काएर लिफ्ट सहितको आधुनिक भवन निर्माणको काम निर्माण व्यवसायीले अन्तिम चरणमा पु¥याएको छ । संघीय सरकारको समपूरक कोष र नगरपालिकाको संयुक्त लगानीमा भवन निर्माणको काम २०७८ कात्तिक २८ मा ठेक्का संझौता भएको थियो । भवन ठेक्का संझौता भएको मितिले ३० महिनामा निर्माणको काम सकि हस्तान्तरण गर्नुपर्ने सव– इञ्जिनियर अर्जुन बस्नेतले बताए ।

भवनको स्टामेट रकम १४ करोड २३ लाख रहेकोमा ९ करोड ७२ लाखमा निर्माणको काम सक्ने गरि नवसिर्जनसिल कविन्द्र जेभिले धममाध काम गरिरहेको छ । ५ तलाको भवनमा सभा हल सहित ४४ वटा कोठा हुने सुचना अधिकृत गोपाल बास्तोलाले बताए ।

२ हजार ५ सय १० वर्गमिटर क्षेत्रमा निर्माण हुने भवन परिसरमा पार्किङस्थलको पनि व्यवस्था छ । भवन निर्माणका लागि ठेक्का संझौतापछि निर्माण कम्पनीलाई ५ पटक रनिङ बिलबाट भुक्तान भइसकेको छ ।

देउमाई नगरपालिका पश्चिमि इलामको प्रमुख व्यपारीक केन्द्र हो । नगरपालिकाको प्रमुख प्रशासकिय भवनका लागि ५ रोपनी जग्गा व्यवस्थापनको भएको प्रमुख प्रशासकिय अधिकृत हरि दाहालले बताए ।