Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

अनिशालाई दक्षिण कोरियाबाट १ लाख २७ हजार सहयोग प्राप्त

अनिशालाई दक्षिण कोरियाबाट १ लाख २७ हजार सहयोग प्राप्त

  • हरि असीम
  • मंगलबार, पौस १९ २०७९


अनिशालाई दक्षिण कोरियाबाट १ लाख २७ हजार सहयोग प्राप्त

माई । इलामको माई नगरपालिका–३ लोदिया बगैचा स्थित अभिभावक विहिन अनिशा राईको परिवारलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । माई नगरपालिका –१ सानोहिले स्थायी घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका भूपेन्द्र सुब्बा“सावन“ को पहल संकलित १ लाख २७ हजार ७७ नेपाली रुपैयाँ आज हस्तान्तरण गरिएको हो ।

नरेन्द्र सुब्बाको समन्वय र माई ३ का वडा अध्यक्ष देवकुमार तामाङ,पत्रकार हरि असीम, विजय राना मगर,सन्तोषी लिम्बू लगायतको उपस्थितिमा अनिशालाई रकम हस्तान्तरण गरिएको थियो । बुवा नवीन नेम्वाङ लिम्बूको डेढ वर्षअघि नै निधन भएको र आमा पनि दोस्रो बिहे गरेर गएपछि भाईहरुको पालनपोषणको जिम्मा अनिशाको काधमा आएको थियो ।

लगभग ३ रोपनी ऐलेनी पाखोबारीमा आफू सहित ३ जना भाइहरूको गुजारा गरिरहेकी २० वर्षिय अनिसाको चिलिङकोटमा रहेको रवर खेतीमा मजदूरी गर्दै दिनचर्या बित्ने गरेको छ । १२ कक्षा पढ्दै गरेकी अनिसा पढाइ छोडेर भाईहरुको पालनपोषण गर्दै आएकी छन् । उनका भाई अनिस १८ बर्ष, अनिल १५ बर्ष र अनुप १२ बर्षका रहेका छन् ।

आर्थिक संकटका कारण अनिसले कक्षा १० पढ्दै गर्दा छाडेका छन् । कक्षा ११मा अध्ययनरत अनिल र कक्षा ८ मा अध्ययनरत अनुपलाई अनिशाले मजदुरी गरेर पढाउँदै आएकी छन् । सुब्बाको पहलमा दक्षिण कोरियामा रहेका इलामका १४ जना, मोरङका ३ जना, ओखलढुङ्गा,काभ्रे र पाँचथरका १/१ जना  सहयोग सञ्चालन गरी नरेन्द्र सुब्बा मार्फत पठाएको रकम पाएपछि अनिसा ले खुशी व्यक्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार