Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सिंहदरबारबाट ४० वर्षमा हुन नसकेको सडक प्रदेश सरकारबाट डेढ वर्षमै कालोपत्रे (फोटो फिचर )

सिंहदरबारबाट ४० वर्षमा हुन नसकेको सडक प्रदेश सरकारबाट डेढ वर्षमै कालोपत्रे (फोटो फिचर )

  • सुजन तिमल्सिना
  • सोमबार, पौस १८ २०७९


सिंहदरबारबाट ४० वर्षमा हुन नसकेको सडक प्रदेश सरकारबाट डेढ वर्षमै कालोपत्रे (फोटो फिचर )

इलाम ।  इलाम ४० वर्षअघि ट्रयाक खनिएको इलामको माई नगरपालिकाबाट झापाको पूर्व पश्चिम महेन्द्र राजमार्ग जोड्ने दूर्गापूर दानाबारी सडक कालोपत्रेले तिब्रता पाएको छ । केचना कंचनजंङ्घा मार्गसँग जोडिने सडक संघीय सरकारबाट कालोपत्रे हुन नसकेको अवस्थामा प्रदेश १ सरकारबाट द्रुत गतिमा कालोपत्रे भएपछि स्थानीयबासी खुसि भएका छन् ।


४० वर्ष संघीय सरकारको मातहतमा रहेको सडक प्रदेश १ सरकारबाट द्रुत गतिमा कालोपत्रे हुँदै आएको छ । झापाको दूर्गापूरबाट इलामको शुखानी जोड्ने सडक कालोपत्रे काम ठेक्का संझौता भएको ९ महिनामा ६५ प्रतिसत सकिएको छ । २०७८ भदौ ५ मा संझौता भएको सडक कालोपत्रेको काम २०८० भदौ ५ मा सकिनुपर्नेमा अहिले त्यस अघि कालोपत्रे सकिने छ ।


१२ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा ७ किलोमिटर संझौता भएको १८ महिनामा नै सकिएको छ भने बाँकी काम २ महिनामा नै सकिने मोतिराम कष्ट्रक्सनका इञ्जिनियर विकल गौतमले बताए ।


शुखानी दुर्गापूर सडक दक्षिणि इलामबाट पूर्व पश्चिम महेन्द्र राजमार्ग जोड्ने छोटो दूरीको सडक हो । १२ किलोमिटर ५ सय मिटर सडक कालोपत्रेको काम प्रदेश एक सरकारको पूर्वाधार विकास कार्यालय झापाबाट हुँदै आएको छ । कन्काई नगरपालिकाको दूर्गापूरबाट इलामको माई नगरपालिका जोड्ने सडक कालोपत्रेभएपछि स्थानीयबासी खुसिको सिमा छैन ।


कन्काई नगरपालिका ७ को दूर्गापूर जोड्ने सडकको ६ किलोमिटर झापा र साढे ६ किलोमिटर इलाम क्षेत्रमा कालोपत्रे हुनेछ । नाला बाहेक साढे ७ मिटर चौडा सडक निर्माण हुँदैछ । सडकको दुई वटा कल्बट बाहेक अन्य स्टक्चरका काम भइसकेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताए । दूर्गापूर दानाबारी सडक कालोपत्रेका लागि ३७ करोड ११ लाखमा ठेक्का आवाह्न भएकोमा २३ करोड ४८ लाखमा संझौता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार