Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

महाभारा नाटक इलाममा

महाभारा नाटक इलाममा

  • लोकल सन्देश
  • सोमबार, पौस १८ २०७९


महाभारा नाटक इलाममा

इलाम : चेतना नाट्य समूहले पौष २० गतेबाट इलाममा नाटक प्रदर्शन गर्ने भएको छ । पत्रकार बसन्त बस्नेतद्धारा लिखित पुस्तक महाभारालाई आधार बनाएर तयार पारीएको नाटक प्रदर्शन गर्न लागिएको हो । नाटक पौष २० गतेबाट ३० गतेसम्म प्रत्येक दिन दुई पटक देखाइने नाट्यसमूहका सुरेश पोर्तेलले जानकारी दिए ।

नाटक मार्फत समाजलाई रुपान्तरण गर्न र युवाहरुलाई सृजनशील बनाउन लागिएको पोर्तेलले बताए । नाटक १ घण्टा ५० मिनेटको हुनेछ । नाटकमा प्रेम ,राजनीति र धर्मलाई समिश्रण गरेर तयार पारिएको निर्देशक अन्वेश थुलुङ बताए । इलामका १५ जना कलाकार नाटकमा सहभागी हुनेछन् । भावना मगर, प्रकाश मगर, आशिका सक्तेन, गोपीराज लिम्बू, दर्शन सरकार, सुशान्त चापागाईं, कृष्ण मगर, प्रतिमा रिजाल, मोहन राई, रचना नेम्बाङ, मनिष विक, रोजन गुरुङ, विमला रानामगर र तेज मगरले नाटकमा अभिनय गर्दैछन्।

२ महिनायता नाटकको रिहर्सल भइरहेको अध्यक्ष पोर्तेलले जानकारी दिए। नाटक नारीबिकासको सभाहलमा प्रस्तुति गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार