Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम झापा जोड्ने सडकको लोदिया खोलामा पुल निर्माण भएपछि सहज (फोटो फिचर)

इलाम झापा जोड्ने सडकको लोदिया खोलामा पुल निर्माण भएपछि सहज (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • शनिबार, पौस १६ २०७९


इलाम झापा जोड्ने सडकको लोदिया खोलामा पुल निर्माण भएपछि सहज (फोटो फिचर)

माई नगरपालिका । मेची राजमार्गको बैकल्पिक मार्गको रुपमा रहेको झापा इलाम जोड्ने सडकमा रहेको लोदिया खोला पुल निर्माण सम्पन्न भएको छ । पश्चिमि इलामका बासिन्दाको यात्राका लागि तगारो बनेको लोदिया खोलामा पुल बनेसँगै यात्रा सहज भएको हो ।


मेची राजमार्गको बैकल्पिक मार्गको रुपमा रहेको झापा इलाम जोड्ने सडकको बाधक बनेको लोदिया खोला थियो । मेचीराजमार्ग अघिनै गाडि गुडाएको शनिश्चिरे राजदूवाली सडकमा पर्ने लोदिया खोलामा हिउँदमा मात्रै गाडि गुडाइँदै आएको छ । तर अहिले पक्कि पुल निर्माण भएपछि हिउँद बर्खानै गाडि गुडाउन र पैदल यात्राका लागि सहज भएको हो ।


हिउँदमा पानी कम हुने र बर्षातमा तगारो हुने थानिनसक्नु भेलको अहले यात्रुलाई पक्कि पुल निर्माणले वास्था छैन । लोदिया खोलाको पुल निर्माणको काम सकिएपछि इलामबासीको झापा यात्रा सहज भएको हो । पुल बनेसँगै पश्चिमि इलामका बासिन्दाको तराई यात्रा सहज भएको छ ।


पुल सेक्टर एक नम्बर कार्यालय धरानले ठेक्का संझौता गरेको पुल निर्माणको म्याद ३६ महिना थियो । २०७४ असारमा ठेक्का संझौता भएको पुलको काम समयमा भने सकिएन । पुल निर्माणको काम गत आर्थिक वर्षमा सकिएको थियो ।


रसुवा इलाइट जेभिले लोदिया खोलामा पुल निर्माणको जिम्मा पाएको थियो । पुल नहुँदा वर्षातमा आवतजावतमा समस्या हुँदै आएपनि अब भने दुःखका दिन हराएको स्थानीय शान्ता चौहानले बताइन् ।


माई नगरपालिका ३ मा रहेको लोदिया खोलाको पुल निर्माणको काम कोरोना माहामारीका कारण पनि ढिलाई भएको थियो । २१ करोड ६२ लाखमा संझौता भएको पुल २ सय मिटर लामो रहेको छ । लोदिया खोला पुल निर्माण बारे माई नगरपालिकाले निरन्तर अनुगमनको काम गर्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार