इलाम । इलाम नगरपालिका–९ मा २० दिने आधारभुत प्लम्बिङ तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय इलामको आयोजना र वडा नं ९ को समन्वयमा तालिम सुरु भएको हो । तालिममा स्वरोजागर बन्न चाहने युवाहरुको सहभागिता रहेको छ ।
वडाध्यक्ष गोपाल चौहानले तालिमपछि युवाहरुलाई स्वरोजगार बन्ने सहयोग पुग्ने बताए । उद्धघाटन कार्यक्रम नगर उपप्रमुख विष्णु दाहालको प्रमुख आतिथ्यतामा भएको थियो ।