लोपोन्मुख लेप्चा जातिको नयाँ वर्ष अर्थात नामवन पर्वको उपलक्ष्यमा पौष १३ गते बुधबार स्थानीय बिदा दिइएको छ । गाउँ कार्यपालिकाको कार्यलय, वडा कार्यलय,नगर भित्रका शिक्षण संस्था तथा सम्पूर्ण सार्वजनिक निकायहरु आकस्मिक सेवा बाहेक विदा रहने प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहालद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
लेप्चा समुदायले नयाँ वर्ष अर्थात नामवन पर्वको उपलक्ष्यमा हरेक बर्ष रोङले विदा दिँदै आएको छ । रोङमा लोपोन्मुख लेप्चा समुदायको बाक्लो बसोबास छ । २०६८ सालको जनगणनाअनुसार नेपालमा लेप्चाको जनसंख्या ३ हजार ४ सय ४५ छ । पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय चाहिँ बसाइँ नै सरेर अन्य जिल्लासम्म पनि गइरहेका छन्।
तथ्यांकअनुसार ३ हजार २ सय ६४ ग्रामीण र १ सय ८१ लेप्चा सहरी क्षेत्रमा बस्छन् ।
