Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

दौरा सुरुवाल पोसाकमा प्रधानमन्त्री दाहालले लिए शपथ

दौरा सुरुवाल पोसाकमा प्रधानमन्त्री दाहालले लिए शपथ

  • लोकल सन्देश
  • सोमबार, पौस ११ २०७९


दौरा सुरुवाल पोसाकमा प्रधानमन्त्री दाहालले लिए शपथ

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवाल लगाएर पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई शपथ खुवाएकी हुन्। प्रधानमन्त्रीको रुपमा तेस्रोपटक शपथ लिँदा प्रचण्डले पहिलोपटक दौरा सुरुवाल लगाएका हुन्। प्रचण्ड २०६५ र ०७३ सालमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसबेला उनले कोट पाइन्ट लगाएर शपथ लिएका थिए।

प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्रीले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन्।

पौडेल उपप्रधानसहित अर्थ, लामिछानेले उपप्रधानसहित गृह र श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मनत्रीको शपथ लिएका हुन्। ७ दलका १६६ र तीन जना स्वतन्त्र सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार