इलाम । वातावरण संरक्षण र मानव स्वास्थ्यप्रति चेतना जगाउँदै पूर्वी इलामका युवाहरुको समूहले स्वास्थ्यका लागि साइकल अभियान थालेका छन् । थुम्काथुम्कामा हुर्किएको चिया बगानसँगै पहाडी भु–वनोटमा साइकल चलाउने रुट छनौट गरि युवाहरुले पर्यटन प्रवद्र्धनका काम समेत गर्दै आएका हुन् ।
वातावरण संरक्षण र मानव स्वास्थ्यप्रति चेतना जगाउँदै पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले युवाले साइकल यात्रा अभियान चलाउँदै आएका छन् । पूर्वी इलामका युवाले स्वास्थ्यका लागि साइकल अभियान संचालन गरि पर्यटन प्रवद्र्धनका काम पनि गर्दै आएका हुन् ।

युवालाई कुलतबाट जोगाउने र स्वास्थ्य शरिरको अभियानका साथ पूर्वी इलामको सूर्योदय नगरपालिका भित्रका युवाले इलाम एम टि वि राइडर्स नामक संस्थानै गठन गरेका छन् । संस्थाले पर्यटकीय नगरि सूर्योदय नगरपालिकालाई पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने मुख्य उदेश्य रहेको स्वास्थ्यका लागि साइकल अभियान चलाइदै आएको संस्थाका अध्यक्ष शरण फागोले बताए ।

पर्यटनकर्मी र वातावरण संरक्षणमा क्रियाशील युवाको टोलीले सूर्योदय नगरपालिकामा प्रथम पटक साइक्लिङ प्रतिस्पर्धा समेत सम्पन्न गरेको छ । युवाको टोलीले रोङ गाउँपालिकाको कुटिडाँडा,पर्यटकीय क्षेत्र कन्याम, फिक्कल, सदरमुकाम इलाम बजारसँगै जिल्लाका विभिन्न क्षेत्रमा साइकल रुटको अध्ययन समेत गर्दै आएको छ ।
‘साइकल चलाऔं, स्वस्थ बनौं’ भन्ने अभियानमा अहिले साइकल राइडरहरु थपिने क्रम बढ्दो छ । युवाको पहललाई मध्यनजर गर्दै सूर्योदय नगरपालिकाले साइकल रुट निर्माणमा समेत पहल गरेको नगर उप–प्रमुख दुर्गा बरालले बताए ।
साइकल चलाउँदा इन्धन खपत कम हुने, वातावरण प्रदूषण घट्ने, पर्यटन प्रवद्र्धन हुने र शारीरिक परिश्रम हुने भएकाले मानवस्वास्थ्यमा समेत यसको सकारात्मक प्रभाव पर्छ । पछिल्लो समय साइकलमा युवाको क्रेज बढेसँगै नयाँ पर्यटकीय गन्तव्यकोे खोज र विकास हुने सूर्योदय नगरपालिका १० का अध्यक्ष पेमाउगेन लामाले बताए ।
साइकल राइडरहरुले कुटीडाँडादेखि इलामको रुट साइकल यात्राका लागि उपयुक्त हुने बताउँदै आएका छन् ।