Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

साना सिचाई कार्यक्रम व्यवस्थित बनाउन एउटै निर्देशिका लागु हुँदै

साना सिचाई कार्यक्रम व्यवस्थित बनाउन एउटै निर्देशिका लागु हुँदै

  • रोशन राई
  • शुक्रबार, पौस १ २०७९


साना सिचाई कार्यक्रम व्यवस्थित बनाउन एउटै निर्देशिका लागु हुँदै

इलाम । प्रदेश १ मा साना सिचाई कार्यक्रम व्यवस्थित बनाउन एउटै निर्देशिका निर्माणका लागि सरोकारवालासँग छलफल शुरु भएको छ । स्थानीय तहको एकल अधिकार भित्र रहेको साना सिचाई कार्यक्रमको निर्देशीका प्रदेशभर एकरुपता बनाउन सरोकारवालसँग छलफल थालिएको हो ।
संविधानमा साना सिचाई कार्यक्रम स्थानीय तहको एकल अधिकारमा पर्दछ । गाउँ र नगरपालिका भित्रको सिँचाई सेवा विस्तारका लागि यो कार्यक्रम स्थानीय तहले संचालन गर्दै आएका छन् । प्रदेश १ का ८ जिल्लामा संचालन हुँदै आएको साना सिचाई आयोजना कार्यक्रममा एकरुपता ल्याउनका लागि निर्देशिका बनाउन थालिएको   छ ।
साना सिचाई कार्यक्रम संचालन हुँदै आएका जिल्लामा कार्यान्वयन निर्देशिकामा एकरुपता नभएपछि प्रदेश १ सरकारको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयबाट नमुना निर्देशिका निर्माण गरि स्थानीय तहमा छलफल शुरु भएको हो । स्वीस सरकारको सहयोगमा संचालित साना सिचाई कार्यक्रमको प्राविधिक सहयोग र प्रदेश सरकारको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको नेतृत्वमा निर्देशिका निर्माणको काम भइ छलफल हुँदै आएको छ ।
साना सिँचाई कार्यक्रम कार्यान्वयनको चरणमा सबै स्थानीय तहमा एकरुपता बनाउने मुख्य उदेश्य छ । प्रदेश सरकारले विज्ञ परामर्सदाता गठन गरि साना सिचाई सम्बन्धि निर्देशिका २०७९ को ड्राफ्टको इलामका ३ स्थानीय तहमा छलफल गरिसकेको छ ।
सिचाई निर्देशिका जारी भएमा प्रदेश १ का ८ जिल्लाका सबै स्थानीय तहमा आयोजना छनौट, निर्माण र मर्मतको काम हुने साना सिचाई कार्यक्रम इलाम–पाँचथर कष्टर संयोजक केशव लामाले बताए ।
प्रदेश नं १ मा ८ जिल्लामा स्वीस सरकारको सहयोगमा साना सिचाई कार्यक्रम संचालन हुँदै आएको छ । साना सिचाई र्काक्रममा कुल लागतको २०÷२० प्रतिशत संघीय, प्रदेश र स्थानीय सरकारको लगानी हुन्छ । बाँकी ४० प्रतिशत मध्ये स्वीस सरकार ३० प्रतिशत र १० प्रतिशत उपभोक्ताको लगानी हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार