Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

झोलुङ्गे पुल निर्माणले माइनगरबासीको दुःख अन्त्य (फोटो फिचर)

झोलुङ्गे पुल निर्माणले माइनगरबासीको दुःख अन्त्य (फोटो फिचर)

  • शेखर तिमसिना
  • शनिबार, मंसिर २४ २०७९


झोलुङ्गे पुल निर्माणले माइनगरबासीको दुःख अन्त्य (फोटो फिचर)

माइनगरपालिका ।   दक्षिणी इलामको माइ नगरपालिकाको बिहीबारे र वडा नम्बर–१ को घण्टे जोड्ने झो झोलुङगे पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् । ८ सय २० मिटर लामो झोलुङगे पुल निर्माणले माइ नगरपालिका महमाइ र दानाबारी क्षेत्रका बासिन्दाको दूःखका दिन हराएका छन् ।


माइखोलमा निर्माण भएको यो पुल नेपालको दोस्रो लामो झोलुङगे पुल रहेको छ । पुल निर्माण पछि माइखोला वारपार गर्दा वर्षातमा ज्यानको माया मारेर तर्नुपर्ने बाध्यता हटेको छ । इलामको माइ नगरपालिकाको बिहीबारे र घण्टे जोड्ने झोलुङगे पुल निर्माण भएपछि स्थानीयबासीले बिगतका दुःख बिर्सिएका छन् ।


माइखोलामा निर्माण भएको पुल देशकै दोस्रो लामो झोलुङगे पुल हो । मल्टी स्पान पुलको लम्बाई ८ सय २० मीटर रहेको छ । यसअघि महाकाली चाँदनी दोधारा जोड्ने एक हजार चार सय ५२ मीटर लामो पुल बनेको थियो । यो पुल निर्माण भएसँगै स्थानीयलाई खोला वारपार गर्न सहज मात्रै भएको छैन माइखोलामा डुबेर ज्यान जान्छ भन्ने चिन्ता हटेको छ ।


संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभागबाट ८ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो । १ वर्ष अघि निर्माण भएको पुल सात वटा पीलरसहित निर्माण भएको यो झोलुङ््गे पुलको चार वटा टावर रहेको छ ।


माइखोलामा पुल निर्माण भएपछि माइ नगरपालिका १ को घण्टेदेखि लिएर देउमाई नगरपालिका जीतपुरसम्मका बासीन्दालाई सुविधा पुगेको छ । बिरामीलाई अस्पताल लान र विद्यार्थीलाई विद्यालय जान सँगै दुई पाग्रे सवारीसाधन गुडाउन सहज भएको हो ।


यो क्षेत्रमा पुल नहुँदा वर्षेनी खोला तर्नु बाध्यता थियो भने गत वर्ष मात्र तीन जना विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । पुल निर्माण पछि यस क्षेत्रका बासिन्दाको दुःख दुर भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार