Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पराजयपछि डम्बर खड्काले धुरुधुरु रुदै भने : काखमा राखेर छुरा हान्नेलाई के भन्ने

पराजयपछि डम्बर खड्काले धुरुधुरु रुदै भने : काखमा राखेर छुरा हान्नेलाई के भन्ने

  • लोकल सन्देश
  • बिहिबार, मंसिर १५ २०७९


पराजयपछि डम्बर खड्काले धुरुधुरु रुदै भने : काखमा राखेर छुरा हान्नेलाई के भन्ने

इलाम : नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले निर्वाचन पराजयपछि अन्तरघार्तका कारण इलाम–२ मा पराजित भएको बताए । उनले आफ्नै पार्टी हराउन कांग्रेसका कार्यकर्ताहरु नै लागेको समेत बताए । इलाममा कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै खड्का भक्कानिँदै भने ‘ मेरो २ वटै मोवाइल स्विच अफ आउँछ । धेरै दिन भइसक्यो जति पनि मोवाइल आउँछ कसरी जवाफ दिउँ । अब म सरी भन्छु । ४० बर्ष राजनीति गरेर कसैलाई अन्याय गरिन् । विष्णु दिदिलाई टिकट दिएर वडाध्यक्षहरुलाई टिकट दिएर जिताए । उनीहरु नै जित्दैन भनेर हिड्ने ।’

खड्काले भने ‘अब काखमा राखेर छुरा हान्नेलाई के भन्ने । उपाय नै छैन् । इमान्दारीताको त छदैछैन् कसलाई कारवाही गर्ने । २५ सय ३ हजार व्यक्तीलाई कारवाही गरे इलाममा कांग्रेस पार्टी नै नरहने ।’ खड्काले सम्बोधन गरिरहँदा कार्यकर्ताहरुले अन्तरघातीलाई यहाँ ल्याउनुप¥यो भन्दै नाराबाजी गरेका थिए ।  खड्काले कांग्रेस भित्र एक अर्काको अस्तित्व स्विकार्न नसक्दा विगत २७ बर्ष देखि पराजित बन्दै आएको बताए ।

‘कारवाही नगरौ आफ्नो मान्छेलाई जिताउने अर्को त्यस्तै नदेख्ने । हिमाल दाई उठ्यो हराएका छन् केशव दाई उठ्यो हराएका छन् अर्को त्यस्तै उठ्यो हराएका छन् । पाली नै त्यस्तै गरी आउँछ । २७ बर्ष भयो अब त्यसो नगर्लान भनेको गोविन्द गिरीलाई टिकट दिँदा त जिताउँछन् होला भनेर अर्कोको टिकट काटेर दियो उसैको वार्डमा विश्वास नगर्ने ९७ मत आयो ।’ खड्काले भने ‘१४० मत एमालेका साथीले दिएको हो । मैले कसलाई कारवाही गर्ने अधिकार पनि छैन् केन्द्रमा पठाउने हो केन्द्रमा पठाइदिनुस यस्तै हो ।’

https://www.facebook.com/Localsandesh/videos/686566222961886/

प्रतिक्रिया
सम्बन्धित समाचार